
बागलुङ
राष्ट्रिय जनमाेर्चाले `गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं, संघीयताकाे बिराेध गराैं ´ अमेरिकी साम्राज्यवाद बिरुद्ध मेची-महाकाली अभियान सफल पाराै भन्ने उदघाेष सहित अाज २०८० जेठ १ गते बागलुङ बजार क्षत्री समाजकाे सभाहलमा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले एक समारोह बिच मैन बत्ती प्रज्वलन गरि उदघाटन गर्नु भयाे । उदघाटन कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तथा काठेखाेला गाउँपालिका उपाध्यक्ष तिलक थापा, अखिल छैठौं का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य गाैरीश्वर पाण्डे, दिल बहादुर दर्जी, लिलादेबी शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार तथा जैमिनी नगरपालिकाका मेयर नर बहादुर पुन, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, रक्तिम साँस्कृतिक अभियानका थुमराज ढुङगाना, प्रगतिशील पत्रकार संघका केन्द्रीय सचिव तारा प्रशाद शर्मा लगायतकाे अातित्थ्यता रहेको थियोे । कार्यक्रम जिल्ला अध्यक्ष राजेन्द्र ढुङगानाकाे अध्यक्षता, सचिव भिमलाल पाेखरेलकाे सञ्चालन र जिल्ला सदस्य लक्ष्मी बास्काेटाकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
अाजै पर्वतकाे कुश्मा बजार शिवालय चाेकमा काेणसभा सम्पन्न सभालाई केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, पर्वत जिल्ला अध्यक्ष गाेबिन्द्र शर्मा र अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले सम्बाेधन गर्नु भएकाे थियाे ।