
दीपेन्द्र सुनार प्युठान जेठ २
गाडीको ठक्करबाट साउदी अरेबियाको रियादमा ज्यान गुमाएका प्युठानको सौतामारेका नारायण जिएमको शव नेपाल ल्याइएको छ।
उनको शव १० दिनको दिन आज मंगलबार ४:३० बजे नेपाल एयरलाइन्स मार्फत नेपाल ल्याइएको झिमरुक गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष धुर्ब्रराज खनालले बताएका छ्न।
रोजगारको शिलशिलामा करिब १ वर्ष अगाडी साउदीको रियादमा पुगेका जिएमको गत सनिवार तरकारी लिन जादा रोडक्रस गर्ने क्रममा गाडीले ठक्कर दिदा घटनास्थलमै ज्यान गएको थियो।