शुक्रबार, भदौ २७, २०८२

बास प्युठानद्वारा भ्रष्टाचार बिरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र

जेष्ठ ४, प्युठान
प्युठान । भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभाबकारी रुपमा अगाडी बढाउनका लागि बास नेपाल जिल्ला शाखा प्युठानले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

बिहिवार जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी मदन कोइराला मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

१० बुदे माग सहित बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताउनुभयो ।

बास प्युठानका अध्यक्ष जुमान सिंह के सी को नेतृत्वमा गएको प्रतिनिधि मण्डलले निम्नअनुसार बुदा रहेको ज्ञापनपत्र पेश गरेको छ ।
१) भ्रष्टाचार विरुद्धको प्रभावकारी उत्तम अभ्यासको विकास र प्रवद्र्धनमा जोड दिईयोस् ।
२) भ्रष्टाचार विरुद्धका संयन्त्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गरियोस् ।
३) राजनीतिक दलहरुलाई पारदर्शि बनाउने व्यवस्था गरियोस् ।
४) सरकारको काम कारबाहीको सार्वजनिक सूचनाप्रवाह र काममा पारदर्शिता कायम गरियोस् ।
५) कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा व्याप्त भ्रष्टाचारको नियन्त्रण गरियोस् ।
६) भ्रष्टाचार विरुद्धको अयिभानमा अन्तर्राष्ट्रिय सहयोग अभिवद्धि गरियोस् ।
७) नेपाल सरकारको सुशासन कार्ययोजना, भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना,भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघिय महासन्धी कार्यान्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गरियोस् ।
८) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत बिकास गरियोस् ।
९) भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको रणनीति अवलम्वन गरियोस् ।
१०) राष्ट्रिय सर्तकता केन्द्र, हेलो सरकारलाई प्रभावकारी बनाईयोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?