शुक्रबार, भदौ २७, २०८२

राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको तेस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा :पदम प्रसाद श्रेष्ठ

 

शङ्करप्रसाद पोख्रेल, बुटवल ,रुपन्देही
राष्ट्रिय जनमोर्चा बुटवल नगर समितिको तेस्रो सम्मेलन पदम श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।

राजमो केन्द्रीय सल्लाहकार तथा रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलमको प्रमुख आतिथ्यमा २०८० जेठ ४ गते बुटवलस्थित लुम्बिनी प्रदेश कार्यालयको हलमा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनको उद्घाटन प्रमुख अतिथि आलमले ब्यानर पढेर गर्नुभएको थियो ।

सो अवसरमा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुन्डिराज शर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल नेपाल महिला सङ्घकी महासचिव सकुन्तला राना, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, प्रगतिशील पत्रकार सङ्घका सल्लाहकार सुमन अधिकारी, राजमो प्रदेश कोषाध्यक्ष गणेश गौतम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजमो प्युठान–रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्ण जिसी, कार्यपालिका सदस्य कृष्ण बराइली, अखिल नेपाल युवक सङ्घका मिलन पोख्रेल, राजमो रुपन्देहीका सचिव टानबहादुर केसीलगायतको आतिथ्य रहेको थियो ।

 

सम्मेलनको अध्यक्षता राजमो नगर अध्यक्ष पदम श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन राजमो नगर सचिव गङ्गा सापकोटा र स्वागत केपी पोख्रेलले गर्नुभएको थियो ।

सम्मेलनले राजमो बुटवलको नगर अध्यक्षमा पदम श्रेष्ठलाई चयन गरेको छ भने उपाध्यक्षमा माया खनाल, सचिवमा गङ्गालाल सापकोटा, सहसचिवमा गोपाल बन्जाडे र कोषाध्यक्षमा गोपाल गैरे रहनुभएको छ ।

समितिको सदस्यहरूमा कृष्ण बराइली, मुक्ति सापकोटा, शशि पौडेल, डिलप्रसाद नेपाली, भोला भुसाल, रेनु सिंह, विष्णु विक र अमृता पुन रहनुभएको छ ।

त्यस्तै समितिको वैकल्पिक सदस्यमा दीपक योगी, विष्णुमाया बेलबासे, शेरबहादुर थापा र एकराज रिजाल रहनुभएको छ ।

सम्मेलनले कृष्णप्रसाद पोख्रेल, दीपक थापा, रामप्रसाद पाण्डे, रामबहादुर विक, उमलाल बन्जाडे, थम्मनबहादुर पुलामी र गनिराम बिसीलाई सल्लाहकारमा चयन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?