

नवि मुम्बई । । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिको छैठौं सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले गर्नुभएको थियो ।
शर्माले उद्घाटन मन्तव्यमा साम्राज्यावादले नेपाललाई आफ्नो उदेश्य पुरा गर्ने अखडा बनाउ खोजेको बताउनु भएको थियो । ‘अमेरिकी साम्राज्यवादले नेपाललाई आफ्नो उदेश्य पुरा गर्ने अखडा बनाई, आफ्ना विरोधीहरुमाथि हमला गर्दैछ ।’ शर्माले भन्नु भयो- ‘अमेरिकी साम्राज्यवादले आफ्नो उदेश्य पुरा गर्ने देशीय तथा विदेशी दलालहरुलाई नेपालको संसदमा समेत प्रवेश गराएको छ ।’
‘२०६२-६३ को महान जनआन्दोलनको बलमा स्थापित संविधान, गणतन्त्र र धर्मनिरपेक्षतामाथि राजावादीहरुबाट निरन्तर हमला भइरहेको छ, जुन अधिकार २०६२-६३ को महान जनआन्दोलनले दिएको छ, त्यसैको बुई चढेर त्यसलाई समाप्त पार्ने उदेश्यबाट राजावादी शक्तिहरु उद्धत्त छन् ।’ शर्माको भनाई थियो- ‘यो विषयम परिस्थिति उत्पन्न हुने बारेमा हामीले धेरै पहिलेदेखि नै सबै राजनीतिक शक्ति एवं आम नेपाली जनतालाई सचेत गराउँदै आएका थियौं ।’
उद्घाटन कार्यक्रमको अध्यक्षता खुम बहादुर पुनले, सञ्चालन श्याम त्रामुले र स्वागत वोम सिंजापतिले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनाल, केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय सदस्य टंक कुँवर, अनन्त राहडी लगायतको आतित्थ्यता रहेको थियो ।
मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले प्रवासी नेपालीहरुको रेमिटेन्स चले पनि मत नचल्ने नेपाली राज्यसत्ताको जुन कार्यछ, त्यसको आफूहरुले लगातार विरोध गर्दै आएको बताउनु भएको थियो । ‘हामी प्रवासी नेपालीहरुको रेमिटेन्स चल्ने, हाम्रो मत नचल्ने ?’ प्रेम पौडेल, टंक कुँवर र अनन्त राहडीले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
बोम सिंजापतिको सञ्चालन र अनन्त राहाडीको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि सम्मेलनमा उपस्थित जनसमुदायलाई श्याम त्रामुले शब्दबाट र रक्तिमका कलाकारहरुले साँगितिक कोशेलीद्धारा स्वागत गर्नुभएको थियो ।
मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनाल, केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय सचिव वेद बहादुर कार्की, केन्द्रीय सदस्य खुम बहादुर पुन, केन्द्रीय सदस्य टंक कुँवर, रक्तिम साँस्कृतिक अभियान केन्द्रीय समितिकी सदस्य उषा थापा, प्रवासी नेपाली एकता मञ्चबाट टेक बहादुर रावत, प्रवासी नेपाली संघ, भारतबाट रुद्र राजकोटी, अखिल भारत नेपाली एकता मञ्चबाट कृष्ण रावल लगायतको आतित्थ्यता रहेको थियो ।
अध्यक्ष- श्याम त्रामु (रायगढ), उपाध्यक्ष- शेर बहादुर पुलामी (पुना पश्चिम), सचिव- वोम सिंजापति (तारापुर), सहसचिव- रमेश दर्लामी (अलिबाग), कोषाध्यक्ष- अनन्त राहाडी (रायगढ), सदस्यहरुमाः जायश्वर अधिकारी (रायगढ), सन्तु थापा (रायगढ), जितमान सिंजाली (रायगढ), चित्र बहादुर थापा (अलिबाग), दान बहादुर राना (रायगढ), मधु पुन (अलिबाग), चन्द्र सुवेदी (मुम्बई), धन बहादुर विक (पुना पूर्व), राम वाजी (पुना पूर्व), चक्र बहादुर विक (पुना पूर्व), रण बहादुर बोगटी (रायगढ), सुनिता पुन (तारापुर), लेखनाथ पाण्डे (तारापुर), भिम बहादुर घर्ति (पुना पश्चिम), धन सिंह राहाडी (पुना पश्चिम), करण महर (रायगढ), वैकल्पिक सदस्यमाः महेन्द्र थापा (कर्जत खोपली), तिलक राना (रायगढ), तिलक सारु (पुना पश्चिम), हुम बहादुर दमै (मुम्बई), कल बहादुर पुन (नाशिक), लक्ष्मण विक (पुना पूर्व) र अरु ताम्राकार (पुना पूर्व) रहनुभएको छ । त्यस्तै सम्मेलनले प्रकाश जेठारा (पुना पूर्व), खड्क राई (तारापुर), रेनुका कुँवर (तारापुर), दिलीप विक (पुना पूर्व), जनक भुल (पुना पूर्व), रोम बहादुर थापा (मुम्बई) र पदम कुँवर (कल्याण)लाई सल्लाहकार चयन गरेको छ ।
त्यस्तै सम्मेलनले रेणुका कुँवरको संयोजकत्वमा १७ सदस्यीय मध्य पश्चिम भारत महिला क्षेत्रीय विभाग गठन गरिएको छ । जसमा सदस्यहरु क्रमशः पुनम राई (तारापुर), सुनिता पुन (तारापुर), सिता सिंह (तारापुर), पार्वती थापा (पनवेल), रत्ना बोगटी (पनवेल), लक्ष्मी थापा (तारापुर), विष्णु पुलामी (पुना), मिना गुरुङ (अलिबाग), शान्ता पुन (अलिबाग), शुशिला थापा (अलिबाग), यमकुमारी सिंजाली (नवि मुम्बई), रितु तरामु (न्वाहा), यमी राना (न्वाहा), प्रियांका कुँवर (कल्याण), पवन सुनार (कल्याण) र सपना सुनार (कल्याण) रहनुभएको छ ।
नयाँ समितिको घोषणा केन्द्रीय सदस्य खुम बहादुर पुनले गर्नुभएको थियो ।
नवनिर्वाचित समितिलाई ठाकुर खनाल, प्रेम पौडेल, वेद बहादुर कार्की, खुम बहादुर पुन, टंक कुँवर, उषा थापा, टेक बहादुर रावत, रुद्र राजकोटी र कृष्ण रावल लगायतले बधाई दिनुभएको थियो । रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।