
कुलचन्द्र विस्वकर्मा
जेष्ठ ११, प्युठान
अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा सिबिआर कार्यक्रम अन्तरगत सामग्री वितरण गरिएको हो।
र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा अशक्त तथा आर्थिक रुपमा बिपन्न अपाङ्गता भएका बालबालिकालाई शिक्षामा सहजता र पहुँचवृद्धि गर्नका लागि शैक्षिक सामग्रीले टेवा पुर्याउने उदेश्यले वितरण गरिएको संघका अध्यक्ष हुनाराम खड्काले बताउनु भयो।
विभिन्न प्रकितिका १२ जना अपाङ्गता भएका बालबालिकालाई कापी, कलम, पेन्सिल, ज्यमितीबकस, वितरण गरिएको हो।
मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको बिशेश उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको र्राष्ट्रिय अपांग सेवा संघ प्युठानका नि. अध्यक्ष जुमान सिंह के सीले जानकारी दिनु भएको छ।
एस वर्ष माण्डबि गाउँपालिकामा सिबिआर कार्यक्रम बिस्तार गरिएको संघले जनाएको छ।