
जुमान सिंह के सी
जेष्ठ ११, प्युठान
राष्ट्रिय जनमोर्चाकी केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी साम्राज्यवाद नेपालको बाधक भएको आरोप लगाउनु भएको छ।
नेपालको लोकतन्त्र, सार्वभौमिकतामाथि नै अमेरिकि साम्राज्यवादले आफ्नो साम्राज्य फैलाउन लागेको बताउनु भयो।
बिहिवार प्रगतिशील पत्रकार संघ नेपाल, जिल्ला शाखा प्युठानकोद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पौडेलले यस्तो बताउनु भएको हो।
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियानको पश्चिमी टोलीले प्युठानको भिङ्र र मच्छिमा अमेरिकी साम्राज्यवादको विरोधमा सभा गर्ने बताएको छ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै राजमो प्रवक्ता एवम् पूर्वसांसद पौडेलले विश्वका विभिन्न देशहरूको राष्ट्रियता र सार्वभौमिकतामाथि अमेरिकाले यो वा त्यो रुपमा आक्रमण गर्दै आएको बताउदै ” नेपाल पनि अमेरिकी साम्राज्यवादको हस्तक्षेपबाट अछुतो नभएको बताउनु भयो। देशमा दिनानुदिन अमेरिकी साम्राज्यवादको गतिविधि बढदै जादा राष्ट्रियता अफ्ट्यारोमा पर्दौ गएको उहाको भनाइ छ । राष्ट्रियता गणतन्त्र देशमा संकटमा परेको छ । उहाले भन्नुभयो ,” देशलाई बचाउन राष्ट्रिय जनमोर्चाले मेची-महाकाली अभियान शुरु गरेको बताउनु भयो ।
गणतन्त्रको रक्षा अहिलेको मुख्य आवश्यकता हो । यस्को रक्षाको लागि जनमोर्चाले जस्तोसुकै बलिदानी दिन पनि तयार रहेको छ। एमसिसी जस्तो राष्ट्रघाती सम्झौताले देशको राष्ट्रहितको पक्षमा नरहेकोले गाउँगाउँमा जागरण अहिलेको मुख्य काम भएको बताउनु भयो । नेपालको भुमी प्रयोग गरेर चाइनालाई आक्रमण गर्ने रणनीतिमा छ । जस्ले गर्दा नेपाल बिश्वयुद्धको चक्रभ्युमा फस्ने भन्दै जनतामा जनगागरण जगाउन र देशमा हुने सबैखाले हस्तक्षेपको विरुद्धमा आन्दोलनमा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
यो अभियान अब गाउँ गाउँमा लैजाने र गाउँबाटै जनबिरोधी गतिविधिको अन्त्यको लागि अभियान थालिने समेत बताउनु भयो ।
यो अभियान जनमोर्चा उठाएका साझा एजेन्डा हो । उहाँले भन्नु भयो ,”गलत कुराको बिरोध र राम्रो कुरा र एजेन्डाको समर्थ गर्नुको विकल्प छैन ।”
एक प्रसङ्गमा देश जोगाउन सकिन्नकी भन्ने चिन्ता बडेको छ । उहाले भन्नु भयो ,” देश भ्रष्टाचारले दलदलमा फसेको छ यसबाट पार लगाउन पर्ने छ ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै महंगो प्रदेश खारेजी हुनुपर्छ र स्थानीय तहलाई तप शक्तिशाली बनाउनुपर्ने बताइन् । यस्को लागि जनताको साथ र सहयोग चाहिएको छ । संघ र स्थानीय सरकारलाई, अधिकार सम्पन्न जनमुखी बनाउने र जनताले अनुभुति गर्ने गरि काम गर्नुपर्ने बताउनु भयो ।
राजमोले जेठ १ गते कञ्चनपुरको महेन्द्रनगर र बाग्लुङको बाग्लुङ बजारबाट एकैसाथ मेची महाकाली अभियान सुरु गरेको हो । यो अभियान जेठ १५ गते काठमाडौं र बुटवलमा समापन गरिने राजमोले बताएको छ।
प्रगतिशील पत्रकार संघ नेपाल, प्युठानका कार्यबाहक अध्यक्ष जुमान सिंह केसीको अध्यक्षतामा भएको कार्यक्रम राष्ट्रिय जनमोर्चाको केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रम राजमोका केन्द्रिय, प्रदेश जिल्ला स्तरीय नेता तथा कार्यकर्ता र क्रियाशिल पत्रकारहरुको उपस्थितिमा बाग्दुलामा सम्पन्न गरिएको हो।