
राष्ट्रिय जनमोर्चाको केन्द्रिय कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को आय व्यय सार्वजनिक गरेको छ ।
आम्दानी तर्फ राष्ट्रिय वाणिज्य बैंक १२ लाख १० हजार ८ सय ७९ पैंसा, प्रभु बैंक दुई लाख ६० हजार, नगद एक लाख २४ हजार ९ सय ७१ रुपैया, राष्ट्रिय सम्मेलन सहयोग ५० हजार, कार्यालय कोटा १० हजार ६ सय, सांसद तलब प्रतिशत दुई लाख ७४ हजार ४ सय, जनप्रतिनिधि प्रतिशत चार लाख ६ हजार पाँच सय, प्रवेश शुल्क ८५ रुपैंया, निर्वाचन कोटा चार लाख ६० हजार, परिचय पत्र आम्दानी ८ सय ५० र विविध आम्दानी १९ हजार गरी कुल २८ लाख १७ हजार दुई सय ३१ रुपैंया ७९ पैंसा आम्दानी भएको छ ।
त्यसैगरी खर्चतर्फ कार्यकर्ता सहयोग ८ लाख ६४ हजार, कार्यालय खर्च एक लाख ६ हजार ७ सय ३७, राष्ट्रिय सम्मेलन खर्च दुई हजार पाँच सय १५, उपचार खर्च ७२ हजार ३ सय ८५, फोन खर्च ८२ हजार, संयुक्त आन्दोलन खर्च ५२ हजार ५ सय ५रुपैंया, बाटो खर्च एक लाख ३७ हजार एक सय ५०, कार्यालय व्यबस्थापन खर्च २४ हजार, प्रकाशन खर्च ४० हजार, बैठक खर्च २८ हजार ४ सय ९० रहेको छ ।
त्यसैगरी निर्वाचा खर्च ७ लाख ४८ हजार ९ सय ४५, दशै खर्च ३५ हजार, आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण वापत १० हजार, विविध खर्च १५ हजार, बैंक चार्ज २ सय २५, सापटि दिएको १ लाख ३६ हजार, राट्रिय बाणिज्य बैंकमा रहेको ३ लाख ८६ हजार ६ सय २० रुपैंया ७९ पैसा, प्रभु बंैकमा एक हजार र नगद मौज्दात ७६ हजार ६ सय ५९ गरी कुल २८ लाख १७ हजार दुई ३१ रुपैंया ७९ पैसा खर्चभएको महासचिव मनोज भट्टले पेश गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।