
राष्ट्रिय जनमोर्चा झिमरुक गाउंपालिकाले पालिकाका कर्मचारी माथी हिजो भएको दुव्र्यवहारको वक्तव्य निकालेर बिरोध जनाएको छ वक्तव्य यश प्रकार छ।
राष्ट्रिय जनमोर्चा
झिमरुक गाउँपालिका, प्युठान
विषय- वक्तव्य
मिति २०८० जेठ २४ गते झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल र रोजगार सहायक दिपक जि.सि. माथी गाउँपालिका अध्यक्ष पितवहादुर महताराको छोरा अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष मिलन एम.सि.ले गरेको दुर्व्यवहारप्रती राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका खेद प्रकट गर्दछ ।
गाउँपालिका जस्तो संवेदनशील कार्यालयमा कर्मचारीहरुले आफ्नो काम गरिरहेको वेला नियोजित तरिकाले गुण्डागर्दी शैलीमा कर्मचारी माथी हातपात गर्ने, अपशब्द बोल्ने, पैसाको विट्टा फ्याँक्ने र पूरा नभएको योजनाको जवरजस्ती भुक्तानी गर्न दवाव दिने जस्ता निम्न र घटिया कार्यको नेतृत्व गाउँपालिका अध्यक्षको छोराद्वारा हुनु गम्भीर कुरा हो ।
हिजोको घटना एककिसिमले घटेपनि पालिका अध्यक्षले आफ्नो छोरालाई नियमित रुपमा सरकारी कामकाजमा लगाउने, अनुगमनका कामहरुमा पठाउने, कर्मचारीका अफिसमा गएर अनावश्यक दवावहरु सृजना गर्ने, उपभोक्ताहरुलाई अफिसमा हस्तक्षेप गर्ने, सरकारी सेवा सुविधाहरुको प्रयोग गराउने गरिएको गुनासा तथा सत्यताहरु पनि बाहिर नआएका होइनन्। यसरी जनता र कानुनले नचिनेका व्यक्तिलाई अध्यक्षले आफ्नो कार्यकक्षमा सहायक अध्यक्ष जस्तै खडा गर्ने कार्य गाउँपालिका अध्यक्षको गम्भीर गल्ती हो ।
आश्चर्यको कुरा के छ भने आफ्नै कोठा अगाडी छोराले वितण्डा मच्चाउँदा पनि केही प्रतिक्रिया नदेखाउने र उल्टै आफुले चुनाव जितेपछि कुनै पनि सरकारी सेवा सुविधा लिदिन भनेर घोषणा गरेको व्यक्तिले एकापट्टी यातायात खर्च बापत तलव पनि बुझ्ने अनि कार्यालय प्रयोजनका लागि भनिएको गाडिमा दिनरात छोरालाई बोकाउने र उक्त घटना भएपछि पनि सोही गाडिमा राखेर आफुसङ्गै भगाउने कार्यले घटना योजनावद्द र पालिका अध्यक्ष समेतको संलग्नता रहेको कुरा स्पष्ट छ ।
हामीले उक्त घटनाको घोर भ्रत्सना गर्दै प्रहरी प्रशासन समक्ष घटनामा संलग्न सम्पुर्ण दोषीहरु माथी कानुनी कार्वाहीको जोडदार माग गर्दछौं । साथै कर्मचारीहरुको शान्ती सुरक्षाको ग्यारेन्टी गरि आम जनताको सेवा प्रवाहलाई सुचारु गर्न जिल्ला प्रशासन समक्ष अनुरोध गर्दछौं ।
मिति २०८० जेठ २५
अध्यक्ष
राष्ट्रिय जनमोर्चा
झिमरुक गाउँपालिका, प्युठान