शुक्रबार, भदौ २७, २०८२

चितवनमा गैँडाको आक्रमणबाट पुरुषको मृत्यु

चितवन । पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनका गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपािलका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् ।  सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार आज दिउँसो ३ बजे वनभित्र श्रीमान् श्रीमती छिरेकामा श्रीमान्लाई गैंडाले आक्रमण गरेको हो । साझ ५ः ३० बजे उनको शव भेटिएको दवाडीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?