शुक्रबार, भदौ २७, २०८२

पशुपति सर्माको तिम्रा नेता बिग्रिए जाग जनता’ बोलको गीत सार्बजनिक

काठमाडौं । गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘तिम्रा नेता बिग्रिए जाग जनता’ बोलको गीत पशुपतिले आज आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

नेतालाई व्यंग्य गरेको गीतले जनतालाई सचेत हुन आग्रह गरेको छ । नेता बिग्रिए देश बिग्रिन्छ त्यसैले जनता सचेत हुनुपर्छ भन्ने उनको गीतको केन्द्रीय भाव हो ।

भोटमाग्दा चुरिफुरी गर्ने नेताका समाचार पढ्दा लाज लाग्ने गरेको भन्दै गीतले देश चलाउने चावी कहाँ छ भन्दै जनतालाई भनिदिन नेतासँग आग्रह गरेको छ ।

नेपालमै भएको प्राकृतिक स्रोतसाधनको प्रयोग नेपाली नेताले गर्न नसकेको भन्दै पशुपतिको गीतले राम्रो नेताका लागि युवा पुस्ता नै अगाडि सर्नु पर्नेमा जोड दिएको छ ।

चाहिनेभन्दा धेरै नेता रहेको तर तिनले पनि निहित स्वार्थका लागि मात्रै काम गरेको बताउने गीतले युवाशक्तिलाई नेपालमा रोक्न नसकेको गुनासो गरेको छ ।

१२ कक्षा पढेका र पढेलेखेका अधिकांश शिक्षित नेपाली विदेश गएको भन्दै उनले युवा रोक्ने नीति नेपाली राजनीतिज्ञसँग के छ भन्दै प्रश्न गरेका छन् ।

कर्मचारीतन्त्रमा ठूलो भ्रष्टाचार रहेको भन्दै उनले इमान्दारीपूर्वक काम गर्ने वातावरण नरहेको बताएका छन् । ऋण लिएर व्यापार गर्ने मान्छे आत्महत्या गर्न वाद्य हुने अवस्था रहेको बताउने पशुपतिको गीतले त्यसैले लुटन सके लुट… गीत यसअघि सार्वजनिक भएको बताएको छ । उनकाे गीतले भाषण हाेइन काम गर्न सुझाव दिएको छ ।

पुशपति शर्माको शब्द, संगीत तथा स्वर रहेको रहेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलको छ ।

केही वर्ष अगाडि पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा…’ बोलको गीतले राजनीतिक व्यंग्य गरेको थियो । सदनमै उक्त गीतको विषयलाई लिएर बहस भएपछि उनले गीत नै आफ्नो युट्युब च्यानलबाट हटाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?