शनिबार, भदौ २८, २०८२

१ अर्बभन्दा बढी रकम लिएर सहकारी सञ्चालक सम्पर्कविहीन

विभिन्न बचतकर्ताको करिब एक अर्ब २५ करोड रुपैयाँ उक्त सहकारीमा जम्मा रहेको बचतकर्ताहरूले जनाएका छन् । सहकारीकी प्रमुख कार्यकारी अधिकृत तस्बिरन खातुन र सहकारीका प्रबन्धक अशरफ अली भने सम्पर्कविहीन छन् ।

सहकारीको सञ्चालकबारे बचतकर्ता अनभिज्ञ छन् । ‘खुद्रा व्यापारीले प्रतिदिन जम्मा गरेको रकम फिर्ता पाउँ,’ सञ्चालक समितिको नाम फोन नम्बर र ठेगाना सार्वजनिक गरी पाउँ,’ ‘घरमा विवाह संस्कारका लागि जम्मा गरेको बचत रकम फिर्ता पाउँ,’ ‘स्वास्थ्य तथा उपचारका लागि बचत गरेको मुद्दती रकम फिर्ता पाउँ’ लगायत नारा लेखिएका प्लेकार्ड बाकेर बचतकर्ता धर्नामा बसेका थिए ।

केही बचतकर्ताहरूले ७ महिना अगाडि नै निक्षेप रकम फिर्ताका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गराएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?