शनिबार, भदौ २८, २०८२

स्याङ्जामा धारिलो हतियारले हानेर दश वर्षिय बालककाे हत्या

स्याङ्जा । यहाँको अरजुन चौपारी गाउँपालिकामा गए राति एक बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । अर्जुन चौपारीको वडा नं ६ सिउँडबारी बस्ने १० वर्षीय बालक हर्षित देवकोटाकाे गए राति धारिलो हतियार हसिया प्रयोग गरी हत्या गरिएको हाे ।

हत्यामा संलग्न २२ वर्षीय सुजन सुवेदीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले स्याङ्जा बजारको सहिदचोकबाट पक्राउ गरेको छ। के कारणले हत्या गरिएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?