शुक्रबार, भदौ २७, २०८२

राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिका दुइको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न

 

शंकर प्रसाद पोख्रेल , रुपन्देही बुटवल

राष्ट्रिय जनमोर्चा रुपन्देही स्थिति बुटवल उपमहानगरपालिका वडानं दुइको आयोजनामा आज पाखापानीको पहिरोले क्षेती भएको स्थान पाखापानी चुरे पहाडमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिका वडानं दुई स्थित पाखापानीमा पर्ने चुरे पहाडमा केही बर्ष पहिलेदेखी नै पहिरो गएको थियो।पहिरोको कारण पाखापानीको बस्तिनै धरापमा परेको थियो,।
आज भएको बृक्षारोपण कार्यक्रममा बोल्दै निर्बाचित वडा अध्यक्ष सुनिल साक्यले ,राष्ट्रिय जनमोर्चाको आयोजनामा बाताबरण जोगाउने ,भुक्षय रोक्न बृक्षरोपण कार्यक्रम गरेकोमा प्रसन्नता व्यक्त गर्नुभयो,साक्यले बृक्षरोपण मात्र गरेर न हुने भन्दै यसलाइ जोगाउन पनि सबै मिलेर पहल गर्नुपर्ने बताउनुभयो।बृक्षरोपण कार्यक्रमको उद्घाटन रुख रोपेर संयुक्त रुपमा वडा अध्यक्ष सुनिल साक्य,कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य ,राजमो रुपन्देही जिल्ला अध्यक्ष टान बहदुर केसि गर्नुभएको थियो।

बृक्षरोपण कार्यक्रममा बुटवल उपमहानगरपालिका वडानं दुइकी निर्बाचित जनप्रतिनिधि गंगा घिमिरे ,मनकामना एक टोलकि अध्यक्ष लिशा पौडेल राष्ट्रिय जनमोर्चा प्युठान रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्ण बहदुर जिसि ,पत्रकार शिसिर पोख्रेल लगायतको उपस्थिति रहेको थियो।
उद्घाटन मन्तव्य दिनेहरुमा राजमो रुपन्देही जिल्ला अध्यक्ष टान बहादुर केसी ,बुटवल उपमहानगरपालिका वडा नं दुइका अध्यक्ष सुनिल साक्य ,जनप्रतिनिधि गंगा घिमिरे मनकामना टोल  एक नंकि अध्यक्ष लिशा पौडेल हुनुहुन्थ्यो ।

बृक्षारोण कार्यक्रमको अध्यक्षता केसर बहादुर रानाले गर्नुभएको थियो।संचालन राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला सचिब कृष्ण प्रसाद पोख्रेलले गर्नुभएको थियो।

बृक्षारोपण कार्यक्रमको औचित्य र चुरेको संरक्षण बारेपनी कृष्ण प्रसाद पोख्रेलले सबै रुख रोप्न आउनुभएका स्थानीय बासिन्दालाई स्पष्ट पार्नुभएको थियो। कृष्ण प्रसाद पोख्रेलले आगमि दिनहरूमा चुरेको संरक्षण गर्न सबै मिलेर काम गर्नुपर्ने तर्क पेश गर्नुभएको थियो।

बृक्षरोपण कार्यक्रममा पाखापानी स्थिति स्थानीय बासिन्दा र राष्ट्रिय जनमोर्चाका स्थानीय नेता कर्याकर्ताको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?