शनिबार, भदौ १४, २०८२

पर्खेर बस

मानव त्यहि समाजको हिस्सा हो । उसमा पनि अनेकौ पिडाहरु गुम्सिएर रहेका हुन्छन् । सधै सबैसंग बताउने अबस्थामा रहदैन त्यो पल तिमी आफ्नो सथिको असल गुरु बन ।

अस्तित्वको कुरा ठुलो मात्रै हो ।आज यहि समाजमा नारीको अस्तित्व लुट्ने ब्वासाहरु घुमिरहेका छन् । नारिहरु दिनदिनै बलात्कारको शिकारमा परेर आफ्नो जिबन गुमाइरहेका छन् । यो देशको कानुन नै फितलो छ आम मानिसले कसरी जिबनयापन गर्न सक्छन् ? यो देशमा लूटतन्त्र र भ्रष्टाचारले मज्बुत जरो बनाएर बसेको छ ।

जनयुद्धमा सत्र हजार नेपाली आमा सन्तान बियोग भए , कोहि नारिको सिन्दुर चुरा पुछियो , अनि कति चेलीले माइती गुमाए । यो कालो दिन पार गरेर २०६३ मा अन्त्य भयो। अहिलेका प्रधानमन्त्री प्रचण्डले माओवादी पार्टीबाट सुरु गरेका थिए । यो जनयुद्धमा यो देश बिकास हुन्छ र नयाँ माटो को लागि हजारौ युवाहरूको बलिदान खेरा गएको देखिन्छ । मलाई दुख लाग्छ किनभने मेरो देशको लागि बलिदान दिने सहिदहरुको सपना बेचिरहेका छन् । अमुल्य चिज र त्यसको सहरको कथा एकपटक फर्केर हेर । यदि त्यो हेरेर तिम्रो मन पोलेन भने नेपाली भन्नु केहि अर्थ छैन ।
असल शिक्षा दिने गुरुहरु आज आफ्नो जागीर बचाउन आन्दोलन गर्नु पर्ने बिबस्ता राज्यले सिर्जना गरेको छ । कति शिक्षक ता बिदेश जानुभएको छ । यो सबैको लागि सर्मानक अबस्था हो। सरकारले अहिले सरकारी बिधालयलाई निजीकरण गर्न लागेको पनि देखिन्छ । म तपाईहरुलाई एउटा कथाबाट स्पष्ट पार्न चाहन्छु।

एउटा राम अधिकारी नाम गरेको सथिलाइ मैले दाङमा भेट्ने अबसर पाए। उहाँ पेसाले शिक्षक हुनु हुदो रहेछ। उहाँकै भनाइ ” म शिक्षण गरेको ८ बर्स भयो । स्कुलमा कमाउने पैसाले मेरो घर पनि चल्न सकेन । आज बिबस्ताको भुमरीमा परेर परदेश लाग्दै छु । मैले पढाएका विद्यार्थी निकै राम्रो ठाउमै पुगेका छन। यो सुन्दा मन खुशीले गदगद हुन्छ । के गर्ने आय भन्दा बढी खर्च भएपछी बाध्यताले परदेसि हुदै छु।” यो सुन्दा मेरो मन सारै पोलेको थियो। यो स्थिती छ शिक्षकहरुको।
लाचार सरकारलाई अब राम्रोसंग पाठ पढाउने दिन आएको छ । अन्धकार भित्र पनि उज्यालो खोज्नु पर्ने भएको छ । ढुङ्गालाई पनि पुज्ने अबस्थामा पुगेको छ तर हिम्मत र परिश्रमको पाठ बुझ्नु जरुरी छ । ए सन्ध्या तिमी भोलि फर्कदा नौलो किरण र वियोगान्तका छालहरु बोकेरै आउनु अनि संगै आराम गर्दै बिगत , बर्तमान पढेर भबिस्यलाई नियालेर रमाउला। त्यसैले तिमी किरण र ज्ञानको मोती सहित आउन म तिम्रो स्वागतमा पर्खी रहनेछु।
रचना : अनिल थापा क्षेत्री
स्थान :झिम्रुक २ प्युठान

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?