शनिबार, भदौ १४, २०८२

के गर्ने ,कस्ले गर्ने,कहांबाट सुरु गर्ने?

 

ढुण्डिराज शर्मा पौडेल,अध्यक्ष अखिल नेपाल राष्ट्रिय उधोग ब्यपार संघ 
अव राष्ट्रिय जनमोर्चाको आर्थिक नीति के हुने?हामीले जितेका स्थानिय पालीकाहरूमा अलग पहिचान कसरी वनाऊने?थला परेको देशको अर्थतन्त्रलाई पुनर्उत्थान गर्न हाम्रो भूमिका के हुने ?संगठनलाई ऊत्पादनमा कसरी जोड्ने आदि अहं महत्वका सवालहरूमा सवैको चिन्ता र चासोको विषय वनेको छ।एउटा क्रान्तिकारी पार्टीले ससस्त्र संघर्ष,वर्ग संघर्ष,ऊत्पादनको लागी संघर्ष गर्न सक्नु पर्दछ।तर वर्तमान अवस्थामा विश्वभर नै प्रतिक्रान्तिकारी हावा हावी भएको,क्रान्तिकारी परिस्थिती कमजोर भएको वेला ससस्त्र संघर्षको तयारी गर्न नसके पनि बर्ग संघर्ष, जन संघर्ष,ऊत्पादनको लागी संघर्षमा विशेष जोड दिनु पर्दछ।तर हाम्रा स्थानिय पालीकाहरू “कुईरोको काग” जस्तै के गर्ने,कसरी गर्ने असमन्जस्यता रहेको देखिन्छ।काम गर्ने हुटहुटी हॅुदा हुदै आफ्नो अवधी पूरा भैसकेको हुन्छ,सम्भावनालाई पहिलाऊन नसकेर ऊपलव्धी विहीन कार्यकाल हात लाग्दछ।पार्टीले पनि एस विषयमा कुनै ठोस नीति अप्नाएको पाईदैन।चुनावमा भाग लिनु ठूलो कुरा हैन,त्यसलाई सही ढंगवाट ऊपयोग गर्नु मुख्य कुरा हो।हाम्रा जनप्रतिनिधीहरूलाई राजनैतिक प्रशशिक्षण मात्र दिएर पुग्दैन,पॅुजीवादी+समाजवादी अर्थतन्त्र वारे पनि विशेष ज्ञान दिन सक्नु पर्दछ।यसको लागी राजमो र ऊद्योग व्यापार संघको पहलमा सम्वन्धित विषय विज्ञहरू संग व्यापकछलफल ,अन्तर्कृया,प्रशिक्षण र सेमिनारहरूको आयोजना गरेर विषयवस्तुको ज्ञान दिनु पर्दछ।।छलफलमा -हिमाली पहाडी,तराईका भूभागहरूको माटो परिक्षण कसरी गर्ने,कुन भूगोलमा के ऊत्पादन गर्न सकिन्छ त्यसको निर्क्योल गर्ने,परियोजनाहरूको छनौट अनि लागत निश्चित गर्ने,कृषी पशुपालनका क्षत्रहरू निश्चित गर्ने,पर्यटन क्षेत्रका संभावनाहरू केलाएर कहॅा के गर्न सकिनछ निर्क्योल गर्ने यी कामहरू विज्ञहरूको परामर्षमा गर्नुपर्दछ।
राष्ट्रिय जनमोर्चाको देशको राजनितीमा जुन भूमिका छ,त्यसको कैयौ गुणा वढी आर्थिक क्षेत्रमा पनि आफ्नो भूमिका बढाऊनु पर्ने आवश्यकता छ।राजनैतिक परिवर्तनले मात्र समाज रूपान्तरण हुने भए २००७ को आजादी पछि आज सम्म आई पुग्दा देश धेरै माथि पुगि सक्नु पर्थ्यो।वास्तवमा ऊत्पादन प्रणालीमा परिवर्तन नभै आर्थिक प्रणालीमा परिवर्तन र रूपान्तरण हुन सक्दैन।समाज विकासक्रमको नियमले यही देखाऊॅछ।आज नेपाल सॅगै आजादी भएका कैयौ मुलुकहरू कहॅाको कहॅा पुगि सके तर हाम्रो देश झनभन्दा झन थला पर्दै गएको छ।महॅगीले आकाश छोएको छ,भ्रष्टाचारले सीमै नाघेको छ,नीतिगत भ्रष्टाचार मौलाएको छ।कर्मचारी हरूको तलव रोिक्एको स्थिति छ,पेसा व्यवसाय धमाधम वन्द हॅुदै गएका छन,आत्महत्याका शृंखलाहरू वढ्दै गएका छन।ईतिहासकै काल खण्डमा देश ठूलो आर्थिक संकटको चक्रव्युहमा फसेको अवस्थामा छ।देश युवा विहीन वन्दै गएको छ।लाखौलाल युवाहरू देशमा कुनै सम्भावना नदेखेर धमाधम विदेश पलायन भएकाछन।बुढो गोरू पिडाको भर भनेझै देश रेमिट्यान्सको भरमा बॅाचेको अवस्था छ।
अव देशलाई यो दुर्दशा बाटमुक्ति कस्ले दिने?यो देशको कॅाचुली कस्ले फेर्ने?के एमाले,कॅाग्रेस ,माओवादीहरू यो जिम्मेवारी वहन गर्लान? Morning shows all the day.दिनको संकेत विहानीले गर्दछ भन्छन।३०/३५ वर्ष सम्म सत्तामा वसेर देशलाई यो हालतमा पुर्याऊने ईनीहरू नै हुन।अव देश र जनताले यिनीहरूवाट आस मारी सकेका छन। अव देशको अनुहार फेर्ने,देशलाई गती प्रदान गर्ने गहन जिम्मेवारी हाम्रो कॅाधमा आएको छ,राष्ट्रिय जनमोर्चाको कॅाधमा आएको छ।अव हामी यो काम गर्नै पर्दछ।राष्ट्र निर्माणको लागी,आर्थिक समृद्धी र आत्मनिर्भर अर्थतन्त्रको जग वसाल्नको लागि,दलाल नोकरशाही अर्थतन्त्रको चक्रव्युहलाई तोडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सक्नु पर्दछ।टाऊकाले टेकेको अर्थतन्त्रलाई खुट्टाले टेकाएर ऊभ्याऊनु परेको छ।के यो सम्भव छ?विन्स्टन चर्चीलले एक पटक भनेका थिए”निरासावादीले हरेक अवसरमा कठीनाई देख्छ,आसावादीले हरेक कठीनाईमा अवसर देख्छ”।अवश्यमेव यो सम्भव छ।हामीले हरेक कठीनाईका अवसर छोप्न सक्नु पर्दछ।’हुने विरूवाको चिल्लो पात’भन्छन,अव हामी यो धर्तिमा हुने विरूवा रोप्नु छ,फल्नुछ फलाऊनु पर्नेछ।
दलाल नोकरशाही वर्गहरू आफ्नो लुटतन्त्र जोगाऊनको लागी अनेक हत्कण्डा मच्चाऊने गर्दछन।कुर्चीको खेलमा तल्लीन सत्ताधारी भरौटेहरू विदेशीको वल मिच्याई र लुटतन्त्रको विरोध हैन मुखमा पिडालु हालेर वस्दछन।ऊल्टै ऊनीहरूको दलाली चाकरी गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने गर्दछन।देश भाडैमा जावस,मतलव छैन कसरी कुर्ची जोगाऊने कसरी कुर्ची लम्वाऊने त्यति मात्र धन्दा छ।यता जनताको हालत भने ‘मुटु माथि ढुंगा राखी हॅास्नु पर्याछ’।
बाटोमा पल्टेको अर्थतन्त्रको विग्रेको गाडी न चल्न सक्छ न त वाटो छोडिदिन्छ।यात्रु हरूको हरीविजोग!अव हामी बिग्रेको गाडीको मरम्मत गर्नुछ र गाडीलाई गन्तव्य स्थानमा पुराऊने जिम्मेवारी हाम्रो कॅाधमा छ।
अव हामी थला परेको अर्थतन्त्रलाई ऊकास्नको लागी सर्वप्रथमत हाम्रो पकड भएका स्थान र राजमोले विजय प्राप्त गरेका स्थानीय पालीकाहरूबाट शुरू गर्नु पर्दछ।हरेक मान्छेलाई कुनै न कुनै आर्थिक कृयाकलापमा जोड्नु पर्दछ।”एक वडा एक ऊत्पादन “को व्यवस्था हुनु पर्दछ।किसानहरू संगको आपसी सहमतिमा जमिनको चक्लावन्दी गर्नु पर्दछ।हजारौ हजार ऊत्पादनमूलक सहकारीहरू ,सयौको संख्यामा कम्पनीहरू स्थापना गर्नु पर्दछ।कृषी र पशुपालनका ठूला ठूला सामुहिक कृषी फर्महरू संचालनमा ल्याऊनु पर्दछ।स्थानिय पालीकाहरूले केही अनुदान कटौती गरेर भए पनि ‘खेताला’को विकसित रूपमा “कृषी भोलेन्टियर्स”(कृषी सेना)को संरचना निर्माण गरेर सामुहिक लगानिका कृषी फर्महरू र अन्य परियोजनाहरूमा खटाऊनु पर्दछ।कृषी भोलेन्टियर्सको स्थापनाले कृषी क्षेत्रमा देखिएको जनशक्तिको अभाव हल हुने साथै स्थाई रूपमा रोजगारी पनि सिर्जना हुने।यो धरै आकर्षक कार्यक्रम हुन सक्दछ।हरेक स्थानिय निकायमा “कृषी ज्ञान केन्द्र” स्थापना गरी किसानहरूलाई प्राविधीक तालीमहरूको व्यवस्था गर्नु पर्दछ र वढी भन्दा वढी कृषी,पशुपालन,होटल,रिसोर्ट र पर्यटन क्षेत्रमा दक्ष जनशक्तिहरू तयार गरेर खटाऊनु पर्दछ ताकि ऊनीहरू जुनसुकै परियोजनाहरूमा फीट हुन सकुन।तव मात्र हामीले शुरू गरेका हरेक कृषी कार्यक्रमहरूले सफलता प्राप्त गर्नेछन र राष्ट्रव्यापी वन्न सक्ने छन र त्यहींनेर देश र जनताले हाम्रो पहिचान भेट्ने छन।तसर्थ ‘टाउकाले टेकेको देशको अर्थतन्त्रलाई खुट्टाले टेकाएर हिडाऊने ‘यो अभियान,”सामुहिक पॅुजी,सामुहिक लगानी,दलाल पॅुजीको विस्थापन,राष्ट्रिय पॅुजीको निर्माण”यसको सफल कार्यान्वयन आजको प्रमूख आवश्यकता हो।
बडा दशैं २०८० को सवैमा शुभकामना॥
ढुण्डिराज शर्मा पौडेल
वुटवल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?