शुक्रबार, फाल्गुन १८, २०८०

बहुदलीय लोकतान्त्रिक व्यवस्थाको विकल्प छैन

     नुरजंग के सी,बुटवल
वि.सं २०३६ साल चैतमा बहुदल र निर्दलको चुनाव प्रचारप्रसारको समय थियो। निर्दल समर्थक पंचहरु गाउँघरमा निर्दलमा भोट हाल्न प्रेसर गर्दैथिए, बहुदलमा भोट हाल्नेहरु गाउँघरमा देखिदैन्थ्ये।पंचेहरु खुलमखुला प्रचार गर्न छुट थियो,प्रहरी प्रशासन उनिहरु कै पक्षमा थियो।बहुलवादी बन्न र बहुलदलको पक्षमा  प्रचारप्रसार गर्न डर थियो।घरपकड हुन्थ्यो।बहुदलमा भोट हाल्ने भनेलाइ पंचेहरुले मानसिक टर्चर गर्द्थ्ये।डर देखाउथ्ये,विभिन्न प्रलोभन पनि देखाउथ्ये,फकाउथ्ये।
त्यसबेला म १० वर्ष पनि पुगिसकेको थिइन,बाल्यकालको अवस्थामा मैले यी सबै कुरा सुनेको थिए, गाउँघरका बहुदललाइ भोट हाल्नेलाइ गाउँमा नै बस्न नदिने,विभिन्न मानसिक टर्चर दिने,डर धम्की देखाउने जस्ता कुराले मलाई अत्यन्तै पिरलेको थियो,मेरो बारम्बारको आग्रह अनि बालहठको कारणले मेरो बुवाले मलाई बहुदल र निर्दलको बारेमा बलाउन बाध्य हुनुभयो । बहुदल भनेको धेरै दलहरू हुन्र व्यवस्था हो,यसको चुनाव चिन्ह निलो हो भने यसको नेता विपि कोइराला हुन,यी नेता हामी जस्तै सर्वसाधारण जनताको छोरा हुन।त्यसैले बहुदललाइ समर्थन गरेको हो।निर्दल भनेको एकदलीय व्यवस्था हो,यसको चुनाव चिन्ह पहेँलो छ,यसको नेतृत्व राजा विरेन्द्रले गरेका छन।निर्दलले जित्यो भने बहुदलीय व्यवस्था मान्ने धेरै नेता जेल जानुपर्द्छ,यो निरकुश शासन व्यवस्था हो,यिनिहरुको विरुद्ध केही बोल्न पाइदैन,यिनिहरुले भनेको मान्नुपर्छ,नमानेमा  धम्काउछन,डर देखाउछन।निर्दलले जित्दैन, यिनिहरुको चुरिफुरी हराउद्छ,केही हुदैन भनेर बुझाए तापनि २०३७ साल वैशाख २० गतेको निर्वाचन पश्चात् निर्दलले जितेको घोषणाको नाटक  भयो,बहुदलमा भोट हाल्नेहरु छानीछानी धम्काउने,खिसिटियुरी गर्ने जस्ता गतिविधिका कारण साहेद धेरै बहुदलमा भोट हाल्नेहरु बसाइँसराइ गरेर मधेसतिर आएको  हुन।
 पंचेहरुबाट बहुदलमा भोट हाल्छु भन्नेहरुलाइ गरिएको व्यबहारले मेरो कलिलो मस्तिष्कमा पंचायती व्यवस्थाप्रती नकारात्मक छाप परिसकेको थियो।पढ्दै जानेक्रममा पंचायत विरोधी गतिविधिमा संलग्न हुने,संगठित हुने,पंचेदेखेपछी नराम्रो नै सोचाइ हुने आदि जस्ता थुप्रै क्रियाकलापहरु ममा देखिन थल्यो।
नेपाली कांग्रेस लगायत सात दलले वि.सं २०४६ साल फागुन ७ गतेदेखि  बहुदलीय व्यवस्थाको पुनःस्थापनाको लागि  जनआन्दोलन गर्ने घोषणा गरे।जनआन्दोलनको प्रचारप्रसारको क्रममा नुवाकोटमा नेविसंघका तत्कालीन सभापति बालकृष्ण खांड कुटपिट सहित पक्राउ परेको थिए।त्यसको विरोधमा एक दिने शैक्षिक हडताल गरिएको  थियो।त्यस शैक्षिक हडतालमा बुटवल बहुमुखी क्याम्पसबाट शैक्षिक हडताल सफल गराउन मैले महत्त्वपूर्ण भुमिका खेलेको थिए।त्यस शैक्षिक हडताल पश्चात् पंचायत समर्थक विद्यार्थीहरुले मलाई पंचायात विरोधीको रूपमा लिन थाले।पंचायत शासनकालमा फरक विचार वा दलको भनेर प्रष्ट देखिन गार्हो थियो।पंचायत विरोधी भए जागीर पाउने,न्याय पाउन  लगायत सरकारी अन्य सेवासुविधा प्राप्त गर्न गाह्रो पर्द्थ्यो ।
वि.सं २०४६ साल फागुन ७ गतेदेखि शुरु भएको बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्स्थापनाको जनआन्दोलन तथा २०६२/६३ को दोस्रो बहुदलीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जनआन्दोलनमा सात दलको घोषणालाई मुर्तरुप दिन मेरो पनि सक्रिय  सहभागिता भयो।आम जनताको उल्लेख्य उपस्थिति ले एकदलीय निरङ्कुश शासकहरु जनताको सामु घुडा टेक्न बाध्य भए ।मुलुकमा बहुदलीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाको स्थापना भयो।जनताका प्रतिनिधिहरुले सोही अनुसार संविधान पनि लेखे।अब मुलुकमा शान्ति,समृद्धि र शुसासनको प्रत्यभुती हुन्छ।नियम कानुनको पुर्ण पालना हुन्छ,भ्रष्टाचार,विकृति र विसंगतिको अन्त्य हुन्छ।योग्यता र क्षमता अनुसार सबैले अवसर पाउँछन्।वेरोजगारीको अन्त्य,गरिबी निवारण हुन्छ।उद्योग धन्दा,व्यापार व्यवसाय खुल्छन,सर्वसाधारण जनताको जीवन उकासिन्छ,सामाजिक न्याय हुन्छ भन्ने आशा र अपेक्षा आम जनतामा थियो।राजनीतिक दलका नेतृत्वको भनाइप्रति जनताहरुले अति नै विश्वास र भरोसा थियो।
विपि कोइरालाको पार्टी नेपाली काग्रेसका शिर्ष नेतृत्व  गणेशमान सिंह,कृष्ण प्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेपाली जनताका प्रिय नेता थिए भने कम्युनिस्ट आन्दोलनको अगुवा नेता पुष्पलालको पार्टीका शीर्ष नेताहरू साहना प्रधान,मनमोहन अधिकारी,चित्र ब के सी,मदन भण्डारी,माधव नेपाल, अमिक सेचन वामपन्थीहरुका प्रिय थिए।यी नेताहरुले बोलेका,भनेका कुराहरु जनताहरुले पत्याउथ्ये,नेतृत्व प्रती अति विश्वास,भरोसा र मांया थियो,जनताको दुखकष्टमा नेताहरू सहभागी हुन्थ्ये,साथसहयोग गर्द्थ्ये।जनता र नेताहरु वीच निकट सम्बन्ध र अगाध माया थियो।दल र नेतृत्वको इज्जत र प्रतिष्ठाका लागि जनताहरु ज्यान जोखिममा राख्न समेत पछि पर्दैन्थ्ये।आफुले समर्थन गरेको दल र नेतालाइ सत्तामा पुर्‍याउन जुनसुकै हर्कत पनि गर्थ्ये। दल र नेतृत्वप्रती विश्वास गरेर दलले आव्हान गरेको हरेक आन्दोलन,विरोध तथा जनप्रदर्शन जस्ता कार्यक्रममा आफ्ना सम्पुर्ण काम छोडेर सहभागि हुन्थ्ये।
निर्वाचनको बेला आफ्नो पार्टीको उमेदवारको पक्षमा भोट माग्दै,मतदाताहरुलाइ आश्वासन दिदै,प्रलोभन देखाउदै यो पनि हुन्छ त्यो हुन्छ भन्दै भोट बटुल्ने काममा समेत लाग्थ्ये।आफुले समर्थन गरेको पार्टीको नीति,कार्यक्रम,सिद्धान्त अब्बल मान्थ्ये।आफुले समर्थन गरेको पार्टी वा नेतृत्वप्रती होच्याउने, खिशिट्यियुरी गर्नेप्रती जाइलाग्थ्ये।मुलुकमा कृयाशिल सबै पार्टी भन्दा आफ्नो पार्टी र नेता अब्बल मान्थ्ये।फरक पार्टी र नेताको कमजोरी खोज्ने र त्यही प्रहार गर्ने जे जसरी भए पनि आफ्नो पार्टी अब्बल देखाउन अनेक हर्कत हुन्थ्यो।लोकतान्त्रिक अभ्यासको प्रारम्भिक चरणमा यी र यस्तै खाले गतिविधिलाइ सामान्य नै लिइन्थ्यो।
आफुले विश्वास गरेको पार्टी सत्तामा पुगेपछि हिजो बोलेका भनेका कुराहरु पूरा हुन्छन,जनताका समस्याहरु पूरा हुदैजान्छन,उद्योग धन्दा खुल्छन,रोजगारी बढछ,गरिबी घट्छ,आय आर्जनका स्रोत बढ्दैजान्छन,जनताको जीवनस्तर उकासिन्छ।समग्रमा देशले विकासको गति लिन्छ, राजनीतिक, सामाजिक,आर्थिक न्याय पाइन्छ भन्ने जस्ता धेरै अपेक्षाहरु थिए।तर सत्तामा पुगेपछि प्रधानमन्त्रीलाई प्रधानमन्त्री भइरहने चिन्ता,मन्त्रीलाई मन्त्रीमा अडिरहने चिन्ता देखिन थाल्यो,त्यसदेखी बाहेक आफ्नो पारिवारिक सद्स्य,नातापाता र गुटभित्रको नजीकको आसेपासेलाइ मात्र अवसर दिने,धेरै धनदौलत जोड्नेतर्फ पार्टीको नेतृत्व भुल्यो,आफ्नै पार्टी भित्र टिकट बेच्ने,नियुक्तिमा मोटो रकम खोज्ने,पार्टीभित्र गुटफुट देखिन थाल्यो,एकले अर्कोलाई सिद्द्याउने, गिराउने, हराउने, पछार्ने, अवसरबाट बंचित गर्नेतिर पार्टी रुमलियो।दुखको बेलाको सहयोगी बिर्सने,विश्वासघात गर्ने,अवसर आफ्नो क्षमताले प्राप्त गरेको हुने,अवसर नपाहेमा अरुलाइ दोष देखाउने प्रवृत्ति देखिन थाल्यो।नेतृत्वमा अहंकार र दम्भ देखियो।जनताका आम समस्या र देश विकास गर्नेतर्फ नेतृत्वले ध्यान पुर्‍याएनन।नेतृत्वको यस्ता गतिविधिको कारण दलप्रती जनताको नेतृत्वप्रति माया र विश्वास घट्दै गयो।भरोसा टुट्यो।
बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्स्थापना देखि हालसम्म विभिन्न काण्डहरु सुनिनथाल्यो।धमिजा काण्ड,लौडा काण्ड,ओम्नि काण्ड,न्यारोबोडी वाइडबोडी हवाईजहाज खरिद काण्ड,होलिवाइन काण्ड,पानी टंकिमा पैसाको विटा लुकाउने प्रकरण ,तेत्तीस किलो र सय किलो सुन काण्ड,नक्कली भुटानी शरणार्थी काण्ड,ललिता निवास जग्गा काण्ड,फोर्जी खरिद प्रकरण काण्ड आदि थुप्रै काण्डहरु घटे।आधुनिक संचार साधनहरुको अधिकम उपयोग गरिरहेका सर्वसाधारण जनताहरु यी सबै घटनाहरुको सूक्ष्म रूपमा अध्ययन गरिरहेका छन। हुन त यी काण्डहरुमा सत्यता कति छ?मिडियाको हाउगुजी पनि हुनसक्छ ,त्यो त थाहा भएन तर हावा नचली पात हल्लिदैन भन्ने नेपाली उखानमा सत्यता छ नै।
यी काण्डै काण्डको अतिरिक्त देश कोभिड्को महामारीमा पर्‍यो,त्यसको लगत्तै मुलुक आर्थिक मन्दीतर्फ गयो,आर्थिक गतिविधिहरु ठप्प हुन थाल्यो,रोजगारीका अवसर बन्द भए,विकास निर्माणका कामहरू हुनसकेनन,नयाँ उद्योगधन्दा व्यापार व्यबसाय खुल्न सकेनन,मुद्राको क्रयशक्ति तिब्र रूपमा ह्रास हुन थाल्यो,महंगी आकाशियो,युवा जनशक्ति विदेशीने क्रम बढ्यो,विश्वविद्यालयमा  विद्यार्थीहरुको भर्ना संख्या घट्यो,पहाडी भुमी बांझो र तराईको समथल भुमी पलोटिङ्को मारमा पर्‍यो,नयाँ युवा जनशक्ति  कृषि पेशामा आकर्षित भएनन,कृषि उत्पादन बढ्न सकेन,खाद्यान्न विदेशबाट आयत गर्नुपर्ने स्थिति आयो,विप्रेषणबाट नेपाली अर्थव्यबस्था चल्न मुस्किल भयो,राजस्व घट्न थाल्यो ,सरकारी खर्च बढेको बढैछ,नेता व्यवस्थापन गर्न अनावश्यक प्रादेशिक संरचना खडा गरियो,स्थानीय तहका जनप्रतिनिधिहरुलाइ तलब भत्ताको अतिरिक्त संचार,मर्मत ,तेल,भ्रमण तथा अतिथि सत्कारका नाममा थुप्रै सुविधाहरू दिन थालियो,विकास निर्माणका कार्यहरूमा ध्यान पुगेन,हरेक क्षेत्रमा राजनीतिकरण गरियो।जनतालाई बांडेको आश्र्वासनहरु पूरा हुन सकेन,आम जनताहरु निराश हुनथाले,ठेक्का पट्टा आफ्नो मान्छेलाई दिने र कमिसन खाने प्रवृत्ति बढ्यो,परिणाम विकास निर्माणका काम कमसल र गुणस्तरहिन हुन थाले,नेता मोटाउने र देश दुब्लाउदै जाने अबस्था आयो।देश रित्तिदै गयो,देशबाट श्रम,सीप र बुद्धि पलायन हुँदैगयो। देशमा नयाँ उद्योग धन्दा खुलेनन, वेराेजगारी बढ्यो, विदेशमा श्रम, सीप र बुद्धि निर्यात गरेर देश समुन्नत बन्दैन, देशको जिम्मा लिने नेतृत्वले सोंच्नुपर्ने थियो,देश र जनताप्रति नेतृत्वको जबाफदेहिता देखिदैन,  शासकहरूकाे काम अहंकार र दम्भ देखाउने  र देशकाे ढुकुटी रित्त्याएर माेज मस्ति गर्नुमात्र देखियो।
 जीवनभर एउटै व्यक्तिलाई नेता मानिरहनु पर्ने,सधै उहीँ व्यक्ति सांसद, उहीँ ब्यक्ति मन्त्री,प्रधानमन्त्री भइरहने तर काम केही नगर्ने,टाठोबाठो नेता कार्यकर्ताहरुलाइ मुख टाल्ने,मानेन भने भित्तामा पोष्टर टासे झै टास्ने,आफ्नो पार्टीको गुट नमिलेको जेनियुन नेतालाई टिकट नदिने,पाइहाले जबर्जस्ती फिर्ता गराउने,सकेसम्म आफ्नो गुटको मान्छेलाई  त्यो सम्भव नभएमा फरक पार्टीको मान्छेलाई लगानी गरेरै भए पनि टिकट दिलाउने गतिविधिहरु बढ्न थाल्यो।चुनाव जितिसकेपछी आफ्नो छोराछोरी श्रीमती,भाइभतिजो अथवा नजिकको नातेदारलाई स्वकीय सचीव बनाउने, महत्त्वपूर्ण अवसर दिने,आफ्नो कार्यकक्षमा हर्ताकर्ता बनाउने जस्ता गतिविधि हुन थाल्यो,राजनीतिक पार्टीहरुमा धेरै विकृति देखिन थाल्यो। यी सबै गतिविधिहरु जनताले मन पराएका छैनन,चुनावी अभियानमा सबैको साथसहयोग लिने,विभिन्न कृत्रिम  नाता लगाउने,यो पनि गर्द्छु त्यो पनि गर्द्छु भन्ने चुनाव जितेपछि विगतको सबै कुरा चटक्कै विर्सिएर अब कोहि केहि नचाहिने जस्तो व्यबहार देखाउने प्रवृत्ति देखियो।यी विभिन्न खाले नेता र राजनीतिक दलहरुको हर्कत देखेर जनताहरु  निराश भए ,वाक्कदिक्क भएका छन, देशमा अराजकता बढेको छ,कसैले कसैलाइ टेर्दैन,,नियमकानुन मान्दैन, भ्रष्टाचार तथा कुशासनले प्रश्रय पायो,आफ्नो पार्टी वा गुटको मान्छे जोगाउने ,अर्को गुट वा फरक पार्टीको मान्छे फसाउने,सिद्याउने खेल हुन थाल्यो,जताततै निराशा मात्रै देखिन थाल्यो,आशा गर्ने कहिँ कतै ठाउँ नदेखेपछी जनताहरुमा निराशा र आक्रोश देखिन थाल्यो, असन्तुष्टि पोखिन थाल्यो,पुरानो दलका नेतृत्वले राम्रै गरेपनी जनताले पत्याउन छोडे,पुरानो दल र नेतृत्वले राम्रो गर्दैन भन्ने नमेटिने छाप जनतामा परिसक्यो। राजावादीहर्ले यो सबै कुरा नजिकबाट बुझेर शिर उठाइरहेकाछन,स्वतन्त्रहरु मिसन चौरासी भन्दैछन।
अहिले जनताहरुमा देखिएको असन्तुष्टि र आक्रोश  व्यवस्थाको विरुद्धमा होइन,बहुदलीय लोकतान्त्रिक व्यवस्थाको विकल्पै छैन,लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो,अहिने जनताको आक्रोश त नेतृत्व को गतिविधि,क्रियाकलाप र अनावश्यक चुरिफुरीको विरुद्ध हो।नेतृत्वलाई तह लगाउन,नेतृत्वको मनपरितन्त्र नियन्त्रण गर्न,शासक होइन,सेवक बनाउनको लागि देखाइएको असन्तुष्टि र आक्रोश हो।
अहिले राजावादी र स्वतन्त्रतर्फ देखिएको आकर्षण  नेताहरुको क्रियाकलाप वा हर्कतको कारण हो।नेतृत्व प्रती देखाइएको असन्तुष्टि हो,रिष हो।राम्रो गर्ने,सुशासन कायम गर्नेआफुले बोलेका प्रतिबद्धता पूरा गर्ने भ्रष्टाचार तथा अनिमियता नियन्त्रण गर्न सक्ने नेतृत्व खोजिएको हो । लोकतन्त्रको विकल्प खोजिएको होइन।प्रसिद्ध अमेरिकी लेखक मार्क ट्वीनले  नेतालाइ डाइपरसंग तुलना गर्दै यिनिहरु निरन्तर फेरि रहनुपर्छ,फेरिएन भने दुर्गन्ध फैलिन्छ भने जस्तै  नेता फेरौ,व्यवस्था होइन,बरु बहुदलीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण र संवर्द्वन गर्न लाग्यौ। देश रित्तिएको,देशबाट श्रम,सीप र बुद्धि विदेशीएको सम्पुर्ण  जिम्मेवारी नेतृत्वले लिनुपर्छ ,  जनताप्रति नेतृत्वको जबाफदेहिता हुनुपर्छ ।जवाफदेही नहुने नेतृत्व खराब हो,व्यवस्था खराब होइन ।यहि व्यवस्थाको जगमा खराब नेतृत्व फ्याक्यौ यसैमा हामी सबैको भलो हुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?