शुक्रबार, मंसिर १५, २०८०

चाडपर्वलाई एक आपसमा सदभावको रुपमा बिकास गरौं

चाडपर्वमा भिडभाड बड्नसक्छ यो अबस्थामा जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, बालबालिका, सुत्केरी महिलालाई सम्मान र बिशेष प्राथमिकता दिनु आवश्यक छ।

चाडपर्वहरु हाम्रा सास्कृतिक सम्पदा हुन त्यसैले हामीले जोगाईराख्न आवस्यक छ। तर चाडपर्वका नाममा समाजमा भड्किलो हुने गतिविधि तथा क्रियाकलाप गर्नु राम्रो पट्क्कै राम्रो मानिदैन।

भनिन्छ चाडपर्वले सम्बन्ध जोड्नेछ डाढा टाढा रहनुहुने आफन्त इस्टमित्र संग जोड्ने, भेटघाट गरि एकआपसमा खुशी साटसाट गर्ने,आफ्नो घरपरिवारमा जेजस्तो छ मीठो मसिनो खायर समय संगै बेतीत गरि मनाउने अवसर पनि हो।

तर कतिपय मानिसहरू चाडपर्वलाई देखासीखीको रुपमा पनि मनाउने गरेको पाइन्छ । यस्तो परिस्थितिले घरपरिवार र समाजमा नकारात्मकता पनि फैलाउनने गरेको पाईन्छ।
सबै मानिसका आ आफ्नै तरीका र बाध्यताहरु छन जीवन जिउने चाडपर्वको नाममा कसैले पनि कसैको स्वभिमान माथी आच नआउने गरि चाडपर्व मनाउन आवस्यक छ।

यसरी चाडबाड घर घरमा आईरहदा आफन्त जनहरु आफ्ना मान्छेको घरमा आउन जानको लागि निकै उत्सुक भइ तामझाम गरि हिडिरहेका हुन्छन् जताततै भिडभाड बडेको पनि हामी देख्न सक्छौ। यातायात, बाटो, पसलहरु र सार्बजनिक स्थल हरुमा मानिसहरूको दौडधुप र चाप बढेको देखिन्छ । सबैको अनुहारमा चाडपर्वको चम्किलो खुशी झल्किरहेको हुन्छ।

यो परिस्थितिमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका, सुत्केरी महिला र दुर्घटनामा परेका मानिस हरुपनि हामिले देख्न सक्छौं किनकी सबैलाई चाडपर्वको हर्ष उल्लास छायको हुन्छ सबैको मन हुन्छ । खुशी बाड्ने चाहना कुनैपनी कुरालाई अवस्थाले रोक्दैन र रोक्ने पनि छैन त्यसैले सबैलाई आफ्नो परम्परालाई जोगाउने एक आपसमा खुशी साट्ने रहर पक्कै पनि नहुने हैन ।
चाडपर्वमा भिडभाड बड्नसक्छ यो अबस्थामा जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, बालबालिका, सुत्केरी महिला लाई सम्मान र बिशेष प्राथमिकतामा राखेर चाडपर्व मनाउ।
चाडबाड सबैका साझा संस्कृति भएकाले सबै ब्यक्तिहरु चाडपर्वमा रमाउने गर्दछन। नत जात नत बर्ग नत अवस्था सबैलाई रमाउने र खुशी हुने इच्छा हुन्छ ।त्यसकारण सबैलाई सम्मान गरौँ एकता एकमना गर्नको लागि हाम्रो परम्परागत रुपमा चलिआएका चाडपर्वले सबैमा उल्लास थप्ने छ।
अन्त्यमा२०८० शालको शुभ दिपावली र छठ पर्वको पावन अवसरमा सम्पुर्ण नेपाली हरुमा शुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना !
लेखक दिपा देवकोटा अपाङ्गता अधिकारकर्मी
हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?