शनिबार, साउन १२, २०८१

खुसी छन यी मनहरु

 

जनक बिसि भारत !

बा हामीलाई घरकाे ओत लाउने छानाे बनेर ओत दिई
रहदा ,
थाहा छैन ?
तिम्रो शरिरमा कति वर्षियाे लाठि,खुकुरी,ढुङ्गा मुडाहरु,दु:खका वर्षा र असिनाका डल्लाहरु ।

हामीलाई अनुभव त
नहाेला,
तिमि ठुलाे रुख बनेर सितल दिई रहदा
कति पटक पटक दु:ख सयाै ?
त्यो जाेडले चलिरहने अभावका हुरि र बतासहरु
त्यसैले हामीलाई मुक्ति मार्ग
पहिल्याई दिई रहेका छाै ,

हतास हतासकाे साथमा
खुसि छन यी मनहरु ,
हामीलाई लालन पालन गर्दा त्याे तल्ला घरे
साँहुकाे एक छत्र दमन
र तिमिले भाेगेका त्यो दुस्मनकाे जेल
काल काेठरिमा कैयौं वर्ष बस्याै ,
हामीलाई अनुभव न हाेला
तिमी ठुलाे रुख बनेर
हामीलाई सितल दिई रहदा
कति पटक पटक दु:ख सयाै ?

अ,,,,,,,,,,,,,,
अब त धर्तिका प्राणिहरु
पनि जङ्गलमा चर्न थालि रहेकाे अवस्थामा पनि पालुवाकाे रफ्तारसँगै गम्भीर बनिसकेका र आफ्नो घर यहि हाे मुक्ति मार्ग पहिल्याएर
हिडेका छन ,
तिम्रा नानिहरु पानिमा पाैडि खेलिरहेका छन
र नदि बनेर त्यो सागर भेट्न कुदिरहेका छन ।

हामीलाई तिमी छानाे बनेर
ओत दिई रहदा ,
तिमिलाई थाहा छैन ?
तिम्रा शरिरमा कति वर्षियाे ? लाठी, खुकुरी , ढुङ्गा र मुडाहरु ,
यसैले अब दु:खका वर्षा र असिनाका डल्लाहरुमा
झुक्दै झुक्दैनन यी हाम्रा शिरहरु –
फाेहाेर र डङगुरहरुकाे हल्लाहरुमा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal