बुधबार, जेष्ठ १६, २०८१

कहाँ पुग्याे मेरो देश ?


कविता
रवि पौडेल

कहाँ पुग्यो मेराे देश भनी प्रस्न गराै
शाषकका कुरा सुनि भ्रम मा नपराै
समृद्धि र सुखकाे दिन कहिले अायाे यहाँ
मेराे देशकाे माटो कहाँ पुग्यो भन

भारत सँग जाेडिएका पच्चीस जिल्ला मध्ये
त्याईस जिल्ला काे ,एकहक्तर ठाउँमा
अतिक्रम भयो
साठी हजार ,छ सय ,सत्ताईस हेक्टर जमिन
पनि,पुरै गायव भयाे
अाखिर मा मेराे देश कहाँ पुग्याे ?

दार्चुलाको कालापानी जमिन कता गयाे ?
नवलपरासीको सुस्ता पनि खाेई कहाँ गयो ?
कहाँ पुग्यो मेरो देश ? नढाँटेर भन !
कञ्चनपुर काे वेलडाडि र बेलाेरि नि गयो
पुरवास काे जमिन पनि गुम्याे कता गयाे ?

तिनवटै नगर पालिका काे जमिन
एक सय बिस हेक्टर थियाे
रातारात त्यो पनि गयाे कहाँ पुग्यो ?
दिउस पिल्लर उता हुन्छ
राति यता सर्छ ,रातारात गाउँ पनि
सबै उतै पार्छ ,
रातारात मेराे देश कहाँ गयाे भन ?
यस्तो कुरा हुदा पनि चुप बस्छौं किन ?
मेरो देश काे “समृद्धि ” यहीँ हाे त भन ?

चालीस लाख युवाहरुखाडि देश गए
तिस लाख युवा पनि छिमेकी कै घर
मेरो देश का नदिनाला यतै दिनु पर्ने
कलकारखाना ,उध्याेगधन्दा निजीकरण गर्ने

देश सबै बर्बाद हुदा ” समृद्धि ” देख्ने
अांसु बग्छ खाडिमा यता सुखि शब्द लेख्ने
सुखि र समृद्धि कहाँ अायाे भन ?
कहाँ पुग्यो मेरो देश ? नढाँटिरै भन !
अाँसु र रगत मा सुखि देख्ने तिमी
समृद्धि र सुखि भनी राेटि सेक्ने तिमि !!

समाप्त ।
रबि पाैडेल ,पाण्डेचरि
मिति :-३१/०३/२०२१

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?