
कृष्णा राना
महलमा बस्नेले,
झुपडीमा बस्नेकाे,
पीडा बुझ्दैन हजुर ।
झुपडिमा बस्नेले,
सडक पेटीमा बस्नेकाे,
पीडा बुझ्दैन हजुर ।
अघायकाे मान्छेले,
भाेकाे पेट भएकाे,
मान्छेकाे पीडा बुझ्दैन हजुर ।
साहारा भयकाे मान्छेले,
बेसाहाराकाे ,
पीडा बुझ्दैन् हजुर ।
सह अस्तित्व कायम राख्न कसैले,
पनि चाहदैन हजुर ।
सबैले,
अा- अाफ्नाे अस्तित्व ,
कायम राख्न खप्पिसछन् हजुर ।











