शनिबार, साउन १२, २०८१

जाजरकोटमा झडप एकको मिर्त्यु

twitter sharing button
sharethis sharing button

जाजरकोटमा यातायात मजदुरको बीचमा झडप भएको छ । झडपमा एकजनाको ज्यान गएको छ । बारेकोट–२ स्थित देउलाचौरमा झडप हुँदा ३५ वर्षीय नरेश रावलको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीले बताए

यातायात काउन्टरमा काम गर्ने युवाहरुको दुई समूहको बीचमा गएराती झडप भएको हो । भेरी नगरपलिका–४ बस्ने २४ वर्षीय सुजन कार्की, नलगाढ–४ बस्ने विशाल रावल र नलगाढ–६ बस्ने विशाल रावल घाइते भएका छन् ।

नरेशको शव बारेकोटको देउला खोलामा भेटिएको छ । हत्यामा संलग्नताको आरोपमा ६ जनालाई पक्राउ गरिएको एसएसपी ठकुरीले बताए । घटनास्थलमा प्रहरी निरिक्षक हेरम्बप्रसाद पाण्डेको नेतृत्वमा टोली खटिएको छ ।  रातोपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal