बिहिबार, भदौ १२, २०८२

किन राजतन्त्र भनेर केही नागरिकले विवेक गुमाउंदैछन?

आशिष आचार्य ,प्युठान

जनताको तन्त्र अथवा जनताको राज्य एउटा यस्तो देश हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ। यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ। “लोकतन्त्र” अथवा “प्रजातन्त्र” गणतन्त्र भन्दा फरक हुन्। लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तव मै सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ। आज विश्वका धेरैजसो देशहरू गणराज्य छन्, र साथसाथै लोकतान्त्रिक पनि छन्। नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।
नेपालमा राजतन्त्र बिनाको शासनको अभ्यास भएको अहिले मात्रै हो र यो पहिलोपटक पनि हो। किराँतकालमा धेर थोर गणराज्यको रुपमा अभ्यास भएको थियो। तर, शासक भने राजा नै थिए। विभिन्न कालखण्डका राजतन्त्रात्मक शासन व्यवस्थामा एउटालाई हटाएर आफू राजा बन्ने होडमा थुप्रै काण्ड तथा वितण्डाहरु भएका थिए।

विश्व अन्तरिक्षमा प्रवेश गरेको शताब्दीऔँ भइसक्यो। तर, नेपालले किन प्रयास गर्न सकेन? जेट विमानदेखि विद्युत्, यातायत, सूचना प्रविध, सञ्चार लगायतका कुनै आविष्कारमा नेपालको देन किन रहेन? नेपालले न्यूनतम रुपमा यो आविष्कार गर्यो अर्थात् सामाजिक विकास गर्यो अर्थात् आर्थिक विकास गरेर मानव समुदायलाई कायापलट गर्यो भनेर भन्न सकिने अवस्था थियो र? अहिलेको बीस वर्षभन्दा अगाडि त राजतन्त्र नै थियो।अहिले अचम्म लाग्छ किन राजतन्त्र भनेर नागरिकहरुले विवेक गुमाएका होलान्? नेपालमा गणतन्त्र गोला प्रथामार्फत ख्याल ख्यालमा ल्याएको हो र? यो गणतन्त्र प्राप्तिका लागि विवेकी, जोसिला र होसिला कैँयौँ नागरिकहरुको बलिदानी रहेको छ।राणातन्त्र हुँदा पनि हुक्के चिलिमे, चाकडी तथा चाप्लुसी गर्न सिपालुहरु खुसी नै थिए। राणाकालको समाप्तिसँगै तिनीहरु पनि केही समय बगरको माछासरह बनेकै हुन्। सधैँ चिया पसलदेखि मेलापात र सरकारी तथा निजी कार्यालयसम्म यो दल ठिक कि त्यो नेता ठिक नभनि कुन काम राम्रो हो? अनि सरकारी पदाधिकारीहरुले काम गर्न सक्ने कि ठाउँ खाली गर्ने भन्ने तर्फ ठोस बहस र ठोस कामको योजना आवश्यक छ। विदेशमा बसेर आलोचना गर्दैमा र स्वदेशमा बसेर कसैको झोला बोक्दैमा देश समृद्ध हुँदैन।
पुन: राणा शासन फर्काउनका निमित्त तरवार आन्दोलन शुरु गरेको इतिहास मरेको छैन। त्यो आन्दोलनमा पनि त कैयौँ मानिसहरु लामवद्ध भएकै हुन्। के राणा शासन राम्रो थियो भनेर आज वकालत गर्न कसैलाई भित्रैदेखि आँट आउछ त?राजतन्त्रको अन्त्य हुँदा पनि केही मानिसहरुमा त्यही पुरानो संस्कारले काम गरेको देखिएको छ। तपाईं हाम्रा बुबाआमा अझ हजुरबुबा हजुरआमा अझैसम्म त हुनुहुन्छ त। एकचोटि सोध्ने कि? सामाजिक न्याय र मानव अधिकारका अवस्था कस्ता थिए? त्यो जीवन हामीले जिउनु त परेन नि। काम गरेर स्वतन्त्र रुपमा खान र बाँच्न त पाएका छौँ। यसको लागि जीवन उत्सर्ग गरेका महान सहिदहरुको अपमानस्वरूप फेरि राजतन्त्र भनेर त्यो रगतको खिलापमा उत्रिने अधिकार कसैलाई पनि छैन।हरेक देशमा हुने शासन भनेको शासक र शासितहरु बीचको सम्झौता हो। राजतन्त्रमा लामो समयसम्म एउटै मानिसले शासन गर्न पाउँदा उसले राम्रो गर्न खोजेका खण्डमा राम्रो हुनसक्ने सम्भावना एउटा सकारात्मक पाटो हो। तर, यदि खराब मानिसको हातवाट शासित बन्नुपर्‍यो भने जीवन कस्तो होला? उदाहरण उत्तर कोरिया लाई लिन सकिन्छ आवधिक प्रणाली नभएको उत्तराधिकारवाला शासकलाई सत्ताच्युत गर्न त सजिलो छैन।हिजोको बर्बर राणाकालमा नेपालीको जीवन कस्तो थियो होला? त्यो बेला छोरी चेली अर्थात् महिलाहरुको सुरक्षाको अवस्था कस्तो थियो भनेर एकपटक सोचौँ त। एउटै राजाकी रानी ३०-३२ वटी थिए भनेर इतिहास पढ्दै गर्दा त्यो शासक र राजतन्त्र प्रति सोच्न किन नसकेको? त्यस्तो शासकका माझमा समाजचाहिँ कति पवित्र थियो होला र?

राजतन्त्रकालमा जातजाति, पेसा, धर्म, लैंगिक अवस्था लगायतका पक्षको अवस्था सहजै अनुमान गर्न सकिन्छ। अनि तिनै महिला, तिनै दलित, तिनै जनजातिले राजतन्त्र जिन्दावाद भन्नु भनेको के हो? उनीहरुले आफैँले आफ्नो खुट्टामा बञ्चरो हान्दै छन्।यदि उनीहरुले आज त्यहि चाहेको हो र त्यही पूरा हुने हो भने फेरि उनीहरुको सन्ततिहरुले अर्कोपटक बलिदानी दिनुपर्ने निश्चित छ। इतिहासले धिक्कार्छ। तर यो विल्कुल असम्भव कुरा हो। मानिसहरुले बेलैमा यो कुरा मनन गरेर समयको बर्बादीतिर नलागी नियमित काममा लागेर देशलाई उत्पादकत्वतर्फ लैजाँदा वेश हुन्छ।सत्य कुरा के हो भने देशमा गणतन्त्र आईकन नागरिकले थप उन्नतिको अनुभूति नगरेको पक्कै हो। यसमा केही स्वाभाविक कुराहरु छन्। हिजो जसले राजखानदानको वरिपरि रहेर सत्ता र सम्पत्तिको स्वाद लिइरहेका थिए उनिहरु राजतन्त्र नै ठिक भनिरहेका थिए।

 

गणतन्त्र आवश्यक छ र प्राप्त गर्न सकिन्छ भन्ने आत्मविश्वासीहरुको प्रयत्न र जोसिलो बलिदानीका कारण राजतन्त्र घुँडा टेक्न पुगेर बनेको नयाँ व्यवस्थामा तिनै नयाँ र पुराना प्रवृत्तिका मानिसहरुले सत्ता अभ्यास गरिरहेका छन्।अहिले आरोप, प्रत्यारोप, खरो भाषण, सस्तो लोकप्रियता तथा यस्तै अन्य उपायहरु मार्फत सत्तामा पुग्न सकिन्छ कि भन्नेहरु र देशलाई निकास दिनुपर्छ भन्नेहरु बीचको द्वन्द्वका कारण देश एककिसिमको संक्रमणकालीन अवस्थामा फसेको छ। जसको कारण समाज रुपान्तरणमा समस्या भएको कुरा साँचो हो।अहिले नागरिकमा चरम निराशा छाएको छ। यसमा केहि सत्यता छ। यसका प्रमुख दुई कारणहरु छन्। एउटा सत्ता स्वादको सामन्ति संस्कार निर्मूल नहुनु ।अहिले नेताहरु राजनिति निजी जीवन र सत्ताको लागि मात्र हो भन्ने अवस्थामा प्रवेश गर्नुले राज्य र समाजको आवश्‍यकता ओझेलमा पर्दै गएका छन्।अर्कोतर्फ नागरिकहरु रोजि रोटिका लागि विश्वको कुना कन्दरा चहार्दै छन्। नेताका र नागरिकका यी गतिविधिले कदापि देश बन्दैन। यही गति कायम रहने हो भने देश थप टाट पल्टने पक्का छ।यो सबै नतिजा शासकिय व्यवस्थाका कारण भएको होइन। व्यवस्थाका कारण खर्च बढेको पक्कै होला। यसलाई कटौती गर्नेतिर सरकार, नागरिक, राजनीतिक दल र नागरिक समाजले सोच्नैपर्छ।

 

कसरी सरकारी खर्च घटाउने, कसरी राजस्व बढाउने, कसरी राजस्व चुहावट र भ्रष्टाचार रोक्ने, कसरी स्वदेशी उत्पादन बढाउने, कसरी नागरिकहरुलाई स्वदेशमा नै रोक्ने, प्राकृतिक स्रोत साधनहरुको अधिकतम उपयोग कसरी गर्ने? भन्नेतर्फ ध्यान दिनु आवश्यक छ।
हो गणतन्त्र अहिले दुई ढुंगा बिच को तरुल भयको छ त्यो कुरा समर्थन गर्नु पर्छ तर समग्र रुप मा हेर्दा आर्थिक सामाजिक संस्कृतिक बिकास र उन्नती का लागी एक सबल पक्ष भनेको गणतन्त्र नै हो ।अहिले गणतन्त्र ले नयाँ किसिम को मोड लियको छ तर यो किसिम को मोड ल्यानु मा नै हाम्रो हात छ ।हाम्रो उच्च स्तरिय नेतृत्व कम्जोर हुनु भनेको नै हामी कमजोर हुनु हो हाम्रो नेतृत्व प्राय नाताबाद कृपाबाद अबसरबाद बिकाउ नेतृत्व भयको कारण आज हामी र हाम्रो गणतन्त्र धराप मा परेको कुरा साचो हो ।

 

अब भने गणतन्त्र लाई एक सबल तरिका ले लिडर गर्न सक्ने नेतृत्व को कमि खल्केको छ हाम्रो खराब नेतृत्व कै कारन आज रोजगार माग्दा युबा ले तातो गोलि खानु परेको छ आज रोजगार माग्दै सिहदरबार अगाडि युबा ब्याबसाइ ज्युदै जल्नु परेको छ न्याय माग्दै गर्दा कैयौ धम्की डर त्रास मा बाच्नु परेको छ ।न्यायालय मा न्याय छैन कुनै किसिम को रोजगार छैन यहि कारण दैनिक ३००० देखि ४००० युबा शक्ति बिदेशीदै छन यो भनेको नेतृत्व को कुपक्ष हो गलत नेतृत्व को पहिचान हो ।

त्यसैले आम नागरिकको एउटा जिज्ञासा बढ्दै छ कि नेपालको गणतान्त्रिक संविधान…. संघीयता आखिर कसका लागि लेखिएको हो? हेर्दै गर्दा कैयौं दिन बिते साल बिते धेरै जना माननीय हरु प्रधानमन्त्री बनिसक्नु भो तर उपलब्धि भने पाउन सकेनौ । उपलब्धि पाय त केबल उहाँ हरु का आसेपासे नातेदार नजिक का र उहाँको पाटी भित्र का ले आम नागरिक ले के पाय त ?? रोजगार माग्दा गोलि न्याय माग्दा जेल चलान ज्युदै जल्नु पर्नी मर्नु पर्नी यो कस्तो किसिम को न्याय हो ??? अब भने ठाडो गणतन्त्र संविधान र सरकार माथी प्रस्न उठाउनु पर्नी बेला आयको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?