शनिबार, साउन १२, २०८१

दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्युु ,२९ जना घाइते ,३काे अवस्था गम्भीर ।

 

रिसव अाचार्य दाङ।दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने २७ जना घाईते भएका छन्।घाइते मध्ये ३ जनाकाे भने अवस्था गम्भीर रहेकाे छ।लु १ ख ९८६३ नं काे गाडि घाेराहि देखि भालुवाङ अाउदै गर्दा घाेराहि लमही सडक खण्ड काे घाेराहि उप महानगरपालिका ३ मुसाेट मा दुर्घटना भएकाे हाे।गाडि काे ब्रेक फेल भई अनियन्त्रित भएर साईडकाे नालिमा गएर भित्तामा ठाेकिन पुगेकाे वडा प्रहरी कार्यालय लमहिले जनाएको छ।

मृत्यु हुनेमा लमही नगरपालिका ९ घर भएका १९ वर्षिय सहचालक अतिराम चौधरी र सैनामैना नगरपालिका १ का २८ वर्षिय यादव खनाल रहेकाे जिल्ला प्रहरी कार्यालय दाङ ले जनाएको छ।
घाइतेहरूको भने लमहि अस्पताल ,फ्लाेरेन्स अस्पताल र सिड अस्पताल मा उपचार भैरहेकाे छ।गम्भीर अवस्था रहेका घाइते हरुलाई भने बुटवल रिफर गर्ने तयारि रहेकाे छ।.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal