आइतवार, फाल्गुन ३, २०८२

“नैतिकताको भाउ”

सुमन सुवेदी

साथिले साथ छोड्दै गय,
पैसामा सम्बन्ध जोड्दै गय,
आफन्त हिंजो आफ्नै थिय,
बिस्तारै सम्बन्ध तोड्दै गय,
गाउॅभरी चर्चा उसकै हुन्छ,
हातभरी पैसा समाई गन्दा,
घट्दैन इज्जत तरपनी उसको,
अख्तियारले कठालो समायो भन्दा ।

नैतिकताको भाउ घटेकोछ अचेल,
अराजकताको बजार बनेपछी,
सम्बन्ध संस्कार सिकिस्तै बने,
पैसा सबथोक भनेपछी ।

पहिरन हेरी सम्बोधन हुन्छ,
गरिबजस्तो देखे तॅ भनिन्छ,
बिवेक शुन्य अहंकार उॅचो,
आफुले आफैलाई म भनिन्छ ।
मिठो बोल्दिनन् श्रीमती पनि,
झर्केर खान आ भन्छिन्,
मुटुको टुक्रा छोरिले पनी,
बाबा बिदेश जा भन्छिन् ।

नैतिकताको भाउ घटेकोछ अचेल,
अराजकताको बजार बनेपछी,
सम्बन्ध संस्कार सिकिस्तै बने,
पैसा सबथोक भनेपछी ।

छैनन् समान सन्तान पनि,
धन पैसा छैन जो संग यहॅा,
मरेर लानु केही छैन तर,
गुनासो गरौं को संग कहॅा ।
आफन्त छिमेकी उसकैमा तॅाती,
लाग्दामा कतै मसिनो चोट,
देखाइदेउ न कस्तो हुन्छ,
हामिलाई पनि पैसाको बोट ।

नैतिकताको भाउ घटेकोछ अचेल,
अराजकताको बजार बनेपछी,
सम्बन्ध संस्कार सिकिस्तै बने,
पैसा सबथोक भनेपछी ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal