सोमवार, भदौ १६, २०८२

प्युठानको झिमरुक ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

प्यूठान फाल्गुन २२ गते ।
११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस वार्ड स्तरीय कार्यक्रम अन्तर्गत झिमरूक गाउँ पालिका वार्ड नं ८  मा सम्पन्न भएको छ। अखिल नेपाल महिला संघ वार्ड समितिको आयाेजनामा सम्पन्न उक्त  कार्यक्रमलाई सम्बाेधन गर्दै संघ कि केन्द्रीय सचिव तथा कार्यक्रम कि प्रमुख अतिथि तारा जिसीले महिलाहरूलाइ आज सामान्य लाग्ने हक अधिकार प्राप्त गर्न समेत ठूलाठूला संघर्ष गर्नु परेकाे इतिहास हामीले विर्सन नहुने बताउनुभयो । समान कामकाे समान ज्याला,महिला स्वतन्त्रता  देखि लिएर मताधिकारकाे लागि समेत विश्वका श्रमिक महिलाहरूले गरेकाे वलिदानीपूर्वक संघर्षकाे कारण नै हामीले केही हद सम्म भए पनि हक प्राप्ति र स्वतन्त्रताकाे अनुभूति गर्न पाएका छाै।

 

हामीले जे जति पाएका छाै त्याे सित्तैमा कसैले दया मायाले दिएकाे हाेइन त्याे सबै अन्तर्राष्ट्रिय स्तरमा महिलाहरूले गरेको संघर्षको परिणाम हाे। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे महत्त्व स्टार हाेटल र माैज मस्तिले कदापि सम्बाेधन नगर्ने बताउदै नेतृ जिसीले संविधानमा लेखेका अधिकार पानामा सिमित रहेको भन्दै कार्यनयनकाे लागि समेत आन्दाेलन अपरिहार्य रहेकाे बताउनुभयो ।कार्यक्रममा संघकी झिमरूक पालिका सल्लाहकार विना खत्री,वार्ड समितिकी गंगा बस्नेत,ज्ञानुमाया बस्नेत,अमृता केसी,खिमा बस्नेत,पार्वता शान्ता थापा, बस्नेत,वसन्त थापाले पनि श्रमिक महिला दिवस बारे आ-आफ्नाे धारणा राख्नु भएको थियो । कार्यक्रमकाे संचालन कमला थापा,स्वागत साेनी परियार र अध्यक्षता वार्ड समिति कि अध्यक्ष तथा कार्यपालिका सदस्य संगिता परियारले गर्नुभएको थियोे । स्मरण रहाेस अखिल नेपाल महिला संघ केन्द्रीय समितिको निर्णय अनुसार स्थानीय स्तरमा सभा,जुलुस,अन्तरक्रिया लगायत कार्यक्रम सहित श्रमिक महिला दिवस रचनात्मक रूपमा मनाउने निर्णय भएको छ। यसै अनुसार झिमरूक पालिका अन्तर्गत विभिन्न वार्डमा वार्ड स्तरिय कार्यक्रम आयाेजना गरिएकाेछ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?