शनिबार, साउन १२, २०८१

नारिहरु जुरुक्क उठ

 

जनक बिसी

कति सही रहने अन्याय अत्याचार धेरै छ
उठ सबै महिलाहरू समानता ल्याउनु छ !
पुरूष प्रधान समाजमा दमन धेरै छ
संसार भरिका महिलाहरूको मुक्तिको दिन ल्याउनु छ !!

आफु मुक्ति हुन महिलाहरू क्लाराजेटकिङ बन्नु छ
क्रान्तिकारी तुफानसंगै च्याङचिङ हुनु छ!
क्रान्तिकारी बन्न महिलाहरू संगठित हुनु छ
क्रान्तिकारी आन्दोलनले वर्ग मुक्ति मिल्ने छ !!

महिला भनि कति हेला??? हत्या बलात्कारको सिकार
बलात्कारिलाई संरक्षण गर्ने यो ब्यबस्था अस्विकार गर !
आऊ सारा महिला सबै क्रान्तिको शंख फुक
संसार भरमा समानता ल्याऊन आफै जुरुक्क उठ !!

०७ मार्च २०२४

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal