सोमवार, जेष्ठ १८, २०८३

खप्तड मा याेग तथा साहित्य

ज्ञानयाेग निराेग केन्द्र खजुरा र कल्पना फाउन्डेसन नेपाल साहित्य विभागकाे संयूक्त संयाेजन मा धर्तिकाे स्वर्ग मानिने नेपालकाे प्रयटकिय ऐतिहसिक स्थल खप्तडकाे मिति २०८०/१२/२७ देखि २०८१/०१/०१ सम्म ५ दिनकाे अवलाेकन भ्रमण सम्पन्न भएकाे छ। ज्ञानयाेग तथा निराेग केन्द्र खजुरा तथा कल्पना फाउन्डेसन कि अध्यक्ष कल्पना पाैडेल जिज्ञासु, याेग केन्द्रका सल्लाहकार याेग गुरु बाेधराज प्याकुरेल, याेगकेन्द्रका सल्लाहकार ऋषिराम सापकाेटा, उपाध्यक्ष रविन शर्मा,सचिव रत्ना कार्की , काेषाध्यक्ष पद्मा शर्मा, फाउन्डेसनका सचिव तथा साहित्य विभाग संयाेजक साहित्यकार लेक प्रसाद प्याकुरेल,साहित्कार गिता अर्याल,ईन्दिरा गाैतम,याेग केन्द्रका सदस्यहरु निलम कुँवर ,मन्दिरा निराैला ,निशा शर्मा, हेमलता पाैडेल,समाजसेवि पर्शुराम शर्मा , शिक्षक शरणहरी सापकाेटा, सरस्वती सापकाेटा सहित १६ सदस्यीय भ्रमण टाेली रहेकाे थियाे।

 

१२ घण्टा काे पैदल यात्रा पछि खप्तड क्षेत्रकाे पाटनमा रहेका रमणीय स्थलहरु खापड दह,केदार ढुङ्गा,त्रिवेणी धाम हुँदै खप्तड बाबाकाे अाश्रममा पुगेर स्वास्थ्यकाे लागि याेग काे सन्देश दिनकाे लागि याेग गुरु बाेधराज प्याकुरेलले भ्रमण टाेलीलाई याेग तथा ध्यानकाे अभ्यास गराउनु भएकाे थियाे। साहित्य र समाज सेवाकाेक्षेत्रमा २०७०सालदेखि काम गर्दै अाईरहेकाे फाउन्डेसनले साहित्यबाट समाज परिवर्तन गर्ने उदेश्यका साथ कल्पना फाउन्डेसन का सचिव साहित्यकार लेक प्रसाद प्याकुरेल काे संयाेजकत्वमा साहित्यकार बाेधराज प्याकुरेल,गिता अर्याल,चरित्रा शाह र ईन्दिरा गाैतम सहित ५ सदस्यीय समिति समेत विस्र्तार गरि रचना वाचन समेत गरिएकाे थियाे। साहित्य र समाज सेवा मा महत्त्वपूर्ण कार्य गर्ने ब्याक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै अाई रहेकाे फाउन्डेसन ले दुईलाखकाे अक्षयकाेष लाई पाँचलाख पुर्याउने र साहित्य गतिविधिलाई बढाउँदै जाने लक्ष सहित साहित्य विभाग विस्तार गरेकाेअध्यक्ष ले जानकारी गराउनु भयाे।”दुई घण्टा अाफ्नाे लागि भन्ने नारा सहित “२०८०/११/०५ गते कल्पना पाैडेल जिज्ञासु काे अध्यक्षतामा गठन भएकाे ज्ञानयाेग निराेग केन्द्र खजुराले पतन्जलीका याेग शिक्षक याेग गुरु बाेधराज प्याकुरेल द्वारा दुईमहिना देखि नियमित रुपमा विहान ५देखि ७ बजे दुईघण्टा २५ देखि ३० जनालाई याेगाभ्यास गराउँदै अाउनु भएकाेछ।ज्ञानयाेग निराेग केन्द्र खजुरा गठन भएकाे दुईमहिना काे छाेेटाे अवधिमा याेग र ध्यानकाे माध्यम बाट “स्वस्थ्य मस्तिष्क सुसंगठित शरीर” बनाउनकाे लागि फाईदाजनक रहेकाे याेग साधकहरुकाे प्रतिकृया रहेकाे छ।

यस केन्द्रले याेगकाे साथसाथै साधकहरुमा उर्जा प्रदान गर्नकाेलागि मनाेरन्जन तथा संकृतिकाे जगेर्ना गर्न हाेलि मिलन कार्यक्रमकाे र प्रर्यटन प्रवर्द्धनकाे लागि ऐतिहासिक खप्तड अवलाेकन भ्रमण सम्पन्न गरेकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal