शनिबार, साउन १२, २०८१

अन्तत: हामीले बचाउन सकेनौं! याम बहादुर परियार हामी बिच रहनु भएन। हार्दीक श्रद्धाञ्जली!

बिन बहादुर रेग्मी, सुरत
(झिमरुकपोस्ट संवाददाता )

अन्तत: हामीले बचाउन सकेनौं! याम बहादुर परियार हामी बिच रहनु भएन। हार्दीक श्रद्धाञ्जली!

-मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समिति।

विगत केही महिना देखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नगर सदस्य बलराम परियारका भाई, सचिन महिला विभाग सदस्य संगीता परियार का जेठाजु नेपाल घर नवलपरासी (बर्दघाट सुस्ता – पश्चिम) वडा नम्बर दुई बस्ने राम वहादुर दमाईका छोरा याम बहादुर परियार फोक्सो सम्बन्धित विमारीले ग्रसित हुनुहुन्छ। यतिबेला भैरहवा शिक्षण अस्पतालमा उपचार भैरहेको छ, उहाँकी श्रीमती सेती दमाईको आर्थिक अवस्था कमजोर भएको र उपचार गर्ने पैंसा नभएको ले देश विदेशमा रहनु हुने सम्पूर्ण दाजु भाइ दिदि बहिनीहरु सँग याम बहादुर परियार लाई बचाउन अनुनय बिनय निवेदनलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समितिले सहस्र स्वीकार गरि “याम बहादुर परियार बचाऔं अभियान” मा लागेको जानकारि गराइन्छ। मानविय भावना आजको सत्कर्म हो, सक्दो सहयोग गर्नु हुन अनुरोध गरिन्छ। यहि निवेदनलाई सहस्र स्वीकार गरेर सहायोग उठेको थियो दिएका थियौ, नेपालबाट सहयोगि राष्ट्रिय जनमोर्चा का साथीहरू बाट दैनिक रेखदेख अपडेट लिइरहेका थियौं।

भैरहवा बाट रिपोर्ट:-

याम बहादुर परियारको स्वास्थ्य अवस्था बुझ्न
राष्ट्रिय जनमोर्चा सिद्धार्थनगर कमिटीको तर्फबाट सहसचिव कामरेड भीम बहादुर क्षेत्रीय सुवेदी र म ( Hira Lal Dhami ) मेडिकल कलेज भैरहवाको आईसीयू कक्षमा गयौँ।शुरूमा वहाँका भाई पदम बहादुर र वहाँकि धर्मपत्नीलाई भेटेर स्वास्थ्य अवस्था बारे बुझेउँ
वहाँहरूको भनाई अनुसार ११दिन सम्म उपचार गराउँदा खासै सुधार नभएको र अस्पतालबाट डिस्चार्ज लिन समेत खर्च अभाव भएको, दैनिक औषधी बाहेक रू ११हजार खर्च चढिरहेको, हिजोका दिन सम्म २४० हजार बिल चढेको मध्ये १६० हजार जति आफू संग भएको बाँकि रकमको जोहो हुन नसक्दा डिस्चार्ज लिन पनि नसकेको अवस्था दर्शाउनु भयो।तत्पश्चात स्वास्थ्य अवस्था बुझ्न म आईसीयु कक्ष भित्र गएँ र डाक्टर कन्नन यादव सँग वहाँको अस्ति हिजो र आजको स्वास्थ्य अवस्थामा भएका सुधारबारे पनि बुझेँ। मित्र याम बहादुर परिवारलाई डायबिटीज पनि रहेछ, ईन्सुलिनले त्यो सामान्य भएकोछ, पल्स रेट हर्टबिट सामान्य छ,हिजो सम्म ज्वरो थियो त्यो नियन्त्रित छ, न्यूमोनिया सोचे जति छिटो निको हुन समय लाग्नुको पछाडीको कारण जीवन रक्षाका लागि चढाईएको स्लाईनले हो र त्यो निकाल्ने अवस्था आएको खण्डमा झन छिटो निको हुने सम्भावना रहन्छ, भ्याण्टीलेटर हटाउनु पर्ने अवस्था अझै आई सकेको छैन,यति सुने पछि मैले पनि फिजिकल चेक गरे बोलाएँ तर वहाँले आँखा खोल्नु भएन, तापक्रम नाडी सामान्य थियो।##हामीले महसुस गरेको वा बुझेको कुरा:
भाई पदम र परिवारले करिब ५ लाख खर्च भई सकेको र घरको आय श्रोतले धान्न नसक्ने हुँदा वहाँ लाई,आईसीयुबाट डिस्चार्ज गराउन खोज्नु भएकोछ तर यो झन ठूलो खतरा हुन सक्छ,यतिका दिन त बसियो बसियो अझै २-४दिन हेर्दा राम्रो होला,रकम संकलन नियमित राखेर सहयोग गर्न सके र प्रशासनमा भनेर केहि % रकम छुट गराउन सके एउटा साथीको जीवन बाँच्न सक्छ भन्ने हाम्रो सोचाईँ हो।

तर तर तर अफसोच! बचाउन सकेनौं, उहाँले हामीलाई छोडेर जानु भयो। हार्दीक श्रद्धाञ्जली! शोकाकुल परीवारमा हार्दीक समवेदना।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal