शुक्रबार, मंसिर २१, २०८१ | Friday 6th December 2024
अखिल (छैठौं) की पूर्व केन्द्रीय सदस्य बबिता थापाको निधन
झिमरुक पोस्ट
मङ्लबार, साउन १६, २०८०
सन्धिखर्क । अखिल (छैठौं) की पूर्व केन्द्रीय सदस्य बबिता थापाको जीवन अस्ताएको छ । उहाँको अर्घाखाँचीस्थित गच्छेघाटमा २०८० साउन १६ गते मङ्गलबार दाहसंस्कारसमेत गरिएको छ ।
आठ वर्षअघि मृगौला प्रत्यारोपण गर्नुभएकी स्मृतिशेष बबिताको पुन: मृगौलामा समस्या आएपछि उपचारकै क्रममा काठमाडौँ त्रिवि शिक्षण अस्पताल टिचिङमा साउन १५ गते सोमबार राती ८ बजे निधन भएको थियो ।
त्यसलगत्तै उहाँको पार्थिव शरीरलाई अर्घाखाँची पुर्याइएको थियो । दाहसंस्कारअघि राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालय मसालबजारमा उहाँका पति दामोदर भुसाल, बुबासहितका परिवारजन नेकपा (मसाल) र राजमोसम्बद्ध नेताकार्यकर्ताको उपस्थितिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो ।
स्मृतिशेष बबिताको पार्थिव शरीरमा नेकपा (मसाल) का प्रतिनिधि शेरबहादुर बिसीले पार्टीको झन्डा ओढाउनुभएको थियो ।
कार्यक्रममा बिसीका साथै अखिल (छैठौं) का महासचिव सुभाष जिसीले शोकमन्तव्य राख्नुभएको थियो ।
राजमो अर्घाखाँचीका सचिव बाबुराम पन्थीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका मेयर झबिलाल थापा, राजमो केन्द्रीय सल्लाहकार यमलाल पोख्रेल, अखिल नेपाल महिला सङ्घकी महासचिव शकुन्तला राना, महिला सङ्घकी उपाध्यक्ष कल्पना पोख्रेल, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, राजमो जिल्ला सचिवालय सदस्य कविराम खनाललगायत सयौँ नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
स्मृतिशेष बबिताले अखिल (छैठौं) र अखिल नेपाल युवक सङ्घका विभिन्न जिम्मेवारी बहन गरिसक्नुभएको थियो ।
मृगौला प्रत्यारोपणपछि स्मृतिशेष बबिताले त्यससम्बन्धी स्वास्थ्य जागरण फैलाउन “आफ्नो मृगौला आफै बचाऔँ” अभियान सञ्चालन गर्दै आउनुभएको थियो ।
राजमो उपाध्यक्ष गोपाल पौडेलका अनुसार आठ वर्षअघि मृगौला प्रत्यारोपणसँगै उहाँबाट सन्तान उत्पादन नहुने स्वाथ्यकर्मीले बताएका थिए । त्यससँगै उहाँले आफ्नै पहलकदमीमा पति दामोदार पौडेलको विवाह गरिदिनुभएको थियो । अहिले उनीहरूको एक जना छोरा छन् ।