शनिबार, साउन १२, २०८१

देशलाई अहिलेको गठबन्धनले निकास दिन्छ:गिरधारिलाल न्यौपाने

 

नेकपा एमालेका केन्द्रिय सदस्य ,लुम्बिनी प्रदेश सांसद तथा विशेषधाकिर समितिका सभापति माननीय गिरधारिलाल न्यौपाने संग शंकर प्रसाद पोख्रेललले लिएको सानो अन्तरबार्ता

 

 

माननीय गिरधारीलाल न्यौपाने जि तपाइले ईन्डिया देखि नेपाल सम्म राज,नीति रूपमा समाज सेवामा लाग्नुभयो अहिले कस्तो महसुस गर्नु भएको छ संक्षिप्त रूपमा बताइदिनुस न?

उत्तर मैले विशेष गरेर ईन्डियामा छंदा त्यहाँ अन्यायमा परेका नेपाली मजदुर देखि नेपाली समुदायको पक्षमा काम गरे अहिले नेपाल आएर जमिनीस्तरमा जनतासंग जोडिएका बिकास निकास को कुरामा लागेको छु।

माननिय गिरधारिलाल न्यौपाने ज्यु, नेपालमा कम्युनिष्ट हरु कहिले फुट्नी कहिले जुट्नी गरेका छन कम्युनिष्टहरुको धुर्बिकरण कत्तिको आवश्यक छ?

नेपालमा कम्युनिष्ट हरु जुट्ने फुट्ने यो प्रक्रिया नै हो,जतिपनी कम्युनिष्ट छन त्यसको मुलधार अहिले नेकपा एमालेहो ,एमालेको नेतृत्वमा कम्युनिष्टहरु एकजुट हुन्छ भन्नेकुरामा म बिश्वास्त छु। मेरो मान्यता केहो भने मोहन बिक्रम सिंह ज्युहरुलाइ हामिले सम्मानित गर्निपर्ने ब्याक्ती हुनुहुन्छ त्यस्तै कतिपय ब्याक्तीहरु हुनुहोला उहाँहरुलाइ नि सम्मान गर्नुपर्छ र सवैलाइ मिलाएर सबै मिलेर कम्युनिष्ट एकता गर्नु सहकार्य गर्नु अबको आवश्यकता हो।

माननीय ज्यु देशको राजनीति स्तिथी अहिले तरल अबस्थामा देखिन्छ सहकारी ठगिमा गृहमन्त्रीको नै नाम मुछियो यसमा तपाईंको राय के छ?

देशको राजनीतिलाई अहिलेको गठबन्धनले निकास दिन्छ ,सहकारी पीडित जति छन तिनिहरुले न्याय पाउनुपर्छ सबै पीडितले न्याय पाउन भन्नको लागि एउटा विशेष समिती गठन गरेर अगाडि जानुपर्छ ,कांग्रेसले अहिले जुन कुरा संसदमा उठाएर अवरोध गरेको छ त्यो सत्ता बाट हट्नुको पीडा हो। तरपनी बार्ता र संवाद गरेर सबै पक्ष मिलेर जानुपर्छ ।

न्यौपाने जि नेपाली जनताहरुले प्रदेश चाहिन्न यो घाँडो भयो भन्छन यसमा तपाईंको राय के छ?

गणतन्त्र धरमनिरिपक्षता र संघियता एक आपसका परिपुरक हुन सबै पराप्त उपलब्धिहरुको रक्षा हामिले गर्नुपर्छ र नेकपा एमालेले त्यसको रक्षा गर्न संक्षम छ।
सुखी नेपाली संबृध नेपालको लागि एमालेले एजेन्डा अगाडि सारेको छ ।त्यो नै अहिलेको सत्य हो।

अन्तमा हजुरलाइ लाएको केही भन्नू छ

देश र जनताको पक्षमा काम गर्ने मेरो उदेश्य हो त्यो उदेश्यलाई पूरा गर्न नेकपा एमालेमा लागेको जनताका काम हरु मन वचन कर्मले गर्ने अठोट लिएको छु। तपाईंको मिडिया झिमरुकपोस्टइ मेरो बिचार राख्न दिनुभएकोका धन्यवाद छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal