आइतवार, अशोज ९, २०७९

अस्वस्थ र अपङगा जस्तै भयर पनि मैले हिम्मत र साहस हारेको छैन:प्रेम गायक

झिम्रुक पोष्ट अनलाईनले लिएको

आज हामी सॅग अन्तर्वार्ता सम्वादमा हुनुहुन्छ पोखरा महानगरपालिका वडा नम्बर १६ का खुल्ला वडा सदस्यका उम्मेदवार प्रेम गाएक ज्यु।

उहाॅ निस्वार्थि र हकि स्वभावका ब्यक्तित्वले परिचित हुनुहुन्छ।

साथै उहाॅ असक्त र बिमारी पनि हुनुहुन्छ , उहाँ गित कविता लेख लेख्न सक्ने साहित्यिक ब्यक्ति पनि हुनुहुन्छ।

आज हामिले छोटकरीमा उहाॅको जिवन कहाॅनि र चुनावी सेरोफेरोमा रहेर कुराकानी गरेका छौं एकछिन समय दिएर पढीदिनु हुन हार्दिक अनुरोध गर्देछौं।

प्रश्न : प्रेम ज्यु तपाईको परिचय दिनुहोश।

उत्तर : मेरो नाम प्रेम गाएक हो।
मेरो पुरानो घर बाग्लुङ बलेवा अमलाचौर हो।
ऐले पाॅच वर्ष जति भयो पोखरा बसाई सरेर आएको छु।

प्रश्न : अब छोटकरीमा तपाईको जिवन कहानी र राजनीतिक यात्राको बारेमा पनि बताईदिनुहोश।

उत्तर : खासमा मेरो जिवनको शुरुवात कहालि लाग्दो छ।
११ वर्षको उमेर देखी नै सारङगी बोकेर बराजुको दैलोमा माग्दै हिडें म।

सानै उमेरमा बाबा बिमारी हुनको कारण म मुनिका भाईबैना पाल्न पर्ने बाध्यता थियो मलाई।

२० वर्षको उमेरमा १९९० मा एउटा छोरी जन्मिए पछी म दक्षिण भारतको पान्डिचेरी तिर लागें।

१९९१ मा तत्कालीन अखिल भारत नेपाली एकता समाजमा आवद्द भयर २०१७ सम्म जातिय समता समाज वामपंथि युवक मोर्चा र एकता समाजमा रहेर आफु सक्दो काम गरेको छु र ऐले राष्ट्रिय जनमोर्चा पोखराको नगर कमिटीमा आवद्द छु।

प्रश्न : हिजो बराजुको दैलोमा माग्दै हिड्ने प्रेम गाएक
आज पोखरा महानगर जस्तो ठाउँमा भोट माग्दै हिड्दा कस्तो महसुस गर्नु भयको छ?

उत्तर : खासमा म अझै भोट माग्न हिडेको छैन।

मलाई स्वास्थ्यले त्यति राम्रो साथ दिईरहेको छैन।
पार्टिले मेरो बिश्वास गरेर निर्देशन दियो
त्यो मैले पालना गर्नै पर्थ्यो त्यो मैले गरें अर्थात मैले उम्मेदवारी दर्ता गराएं।

ऐले मलाई कस्तो महसुस भयको छ भने
मैले जे गरें ठिकै गरें भन्नि भयको छ।

किन भने हामी गन्धर्वहरु पोखरा बाटुलेचौर १६ मा अन्दाजी ६०/७० घर छौं।
हाम्रो मतदाता सॅख्या करिव दुईसयको हाराहारीमा छ।

तर यत्रो वस्ति र सॅख्या भयर पनि ऐले सम्म कुनै चुनावमा हामीले उम्मेदवारी दिएका रहेनछौं यो आफैमा एउटा रेकर्ड बन्न पुग्यो।

त्यस्तै हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले पनि यो भन्दा पैला १६ नम्बर वडामा उम्मेदवारी दिएको रहेनछ

त्यसैले जित हार जे भय पनि यो पनि अर्को रेकर्ड बन्यो।

गाउका भाईहरुले फोन गरेर र प्रत्यक्ष भेटेर हामी सहयोग गर्छौ भन्नु भयको छ
अब छिट्टै प्रचारप्रसार मा लाग्ने सोचमा छौं हामी।

प्रश्न : अनि जित्ने सम्भावना कत्तिको छ हजूरले?

उत्तर : साॅचो र सत्य कुरा भन्नु पर्दा ऐले त्यो सम्भावना एकदमै कम्ति देखिन्छ।

किन भने यहाॅ हाम्रो पार्टिको जनआधार एकदमै कम्ति छ।

करिव करिव ऐलेको अवस्थामा मैले जिती हाल्छु भन्नु भनेको टाङगलाले आकाश छुन्छु भन्दा जस्तै हो।

तर मतदाताले सबैलाई हेरीयो एकपटक हेरम भने भने असम्भव छैन र हुंदैन पनि।

मैले भोट पाउनि भनेको आफ्नै बर्गका मतदाता बाट हो।
उनिहरु पनि आ आफ्नै पार्टीका झन्डा बोकेर हिडेको अवस्था छ ऐले।

अथवा जे त भय पनि उहाॅहरुले मलाई भोट दिनुहून्छ भन्ने म पुर्ण बिस्वस्त छु।

त्यस्तै मलाई मेरो स्वास्थ्यले साथ दियो र वडाका सबै घर दैलोमा पुग्न सकें भने एउटा भोट जसरी पनि फुकाल्न सक्छु भन्ने लागेको छ मलाई।

प्रश्न : तपाई आफै हिड्न सक्नु हुन्न
तपाईलाई भोट दिएर के गर्नुहुन्छ?
उचालेर लयको कुकुरले बाॅदर धपाउदैन भनेर सोधे भने के जवाफ दिनुहुन्छ मतदातालाई?

उत्तर : मैले जितेर गयर के गर्छु भन्नु भन्दा पनि मैले के गर्दिन भन्ने जानकारी गराउंछु म।

मैले भ्रष्टाचार अनियमितता गर्ने छैन र गर्न पनि दिने छैन।

यदी मैले रोक्न सकिन भने यो यो निकायमा यसरी अनियमितता हुदैछ भनेर मतदाता सामु आउनेछु।

नाता गोता भाई भतिजा र मेरो पार्टी तेरो पार्टी नभनि वडा भित्रका समस्या वडावासी मतदाताको सल्लाह शुझाव लिएर आवस्यकता अनुसार क्रमस एक दुई तिन गरी समधान गर्न पहल गर्ने छु।

अनि यो सत्य कुरा हो उचालेर लयको कुकुरले बाॅदर धपाउदैन
तर उचालेर र बोकेरै लयको डोजरले जति पनि काम गर्छ नि
मलाई पनि त्यसरी नै बुझिदीनु हुन अनुरोध गर्दछु।

मलाई उचालेरै ठाउंमा पुराउनुहोश म कहिं झुक्ने र चुक्ने छैन
मलाई त्यस्तो चुक्ने र झुक्ने शिक्षा दिएको छैन हाम्रो पार्टि राष्ट्रिय जनमोर्चाले।

प्रश्न : अन्तमा १६ नम्बर वडाका मतदातालाई के भन्न चाहनुहुन्छ?

म अस्वस्थ र अपङगा जस्तै भयर पनि मैले हिकमत र साहस हारेको छैन।
केही गर्छु भन्नेलाई केही गर्ने अवसर दिनुहोश।

स्थानीय निकाय को तल्लो निकाय बाट यहाॅ हरुको सेवा गर्न खोजेको छु।

यहाॅ हरुले चाहानु भयो भने
मलाई बिजय गराउन सक्नु हूनेछ।
मलाई बिश्वास छ यस पटक एउटा भोट मलाई दिनुहुनेछ।

ऐले सम्म भोट दिनुभो
सधैं ठुला दललाई।
यस पटक त एउटा भोट
दिनुहोश है मलाई।

गिलासमा भोट दिनुश आमा
फेरी नि घरमै आई छक्याउलान।
होश पुर्याई मतदान गर्नु
बैमानी स्वार्थिले झुक्याउलान।

उठेको छु १०६ नम्बर
वडा सदस्यमा।
गिलासमा छाप लाईदिए
जित्नेछु अवस्य म।

दिनुभो ऐले सम्म सबलाई
यसपटक दिनुहोश मलाई।
छाप लाउनुश गिलास चिन्हमा
अन्यत्र मन कतै नडुलाई।

मेरो भोटले के जित्छौ र
यो चाहिं नभन्नुहोश।
भोट दिए जित्छन भनि
ढुक्क बन्नुहोश।

एउटा भोट
त्यहि नै हो सबैको।
जो जस्तो बलवान भयनि
दुईटा भोट हुंदैन कसैको।

मिलीजुली लुटी खानि
गर्नि छैन म।
भ्रष्टाचारको बिरोध गर्न
डर्नि छैन म।

एसपाली भोट दिनुश बुवा
यो मेरो गिलास चिन्हमा।
सके सम्म राम्रै काम गर्छु
नसके धोका चाहि दिन्न म।

पर्दाफास गर्नेछु म
अनियमिताको।
निरन्तर लड्ने छु म
लडाई सत्यताको।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?