शनिबार, साउन १२, २०८१

अलग संगठन बनाउने अनि एउटा बैधानिक सस्थाको नाम लिन मिल्छ?

मुल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सचिब त्रिभुवन भट्टराई शीत झिमरुक पोस्टले लिएको संक्षिप्त अन्तरबार्ता

आज ८ अगस्त मा हुने भेला वा सभा को आयोजक को हो बताइदिनुहुन्छ्की ??

– मुलप्रबाह द्वारा कार्बाही गरि निस्कासन गरिएका कथित अराजक हरु को एउटा झुन्ड हरु को भेला हो ।

तेसो भए मुलप्रबाह को नाम र झन्डा किन प्रयोगमा ल्याएका छन यस बारेमानी बताउनुस ??

मानिस हरुमा आफ्नो नैतिक्ता,इमान र जमान नभएसी
बिरोध को लागी बिरोध को मात्र राजनिती गर्न जे गरे पनि त भयो नी ।
अलग संगठन बनाउने अनि एउटा बैधानिक सस्थाको नाम लिन मिल्छर ??

मिल्दैन अति गर्न लागे भने जसरि रणधोज हिमाली लाई नेपालमा कानुनी दाएरा भित्र ल्याईदै छ भोली इनीहरुको पनि तेही हाल हुने हो ।

आज हुने भनिएको भेला का अतिथि हरु को को हुन त ??

ओहो को को हुने ,ने क पा मसाल मा पाटीको निर्णय अनुसासन मा बस्न नसकेर फुट प्रस्त गतिबिधिमा सामेल भएको कारण ले पाटीले कार्बाही गरेका ब्यक्ती हरु हुन ।
ओहो – तेसो भए को को हुन त ??
१- गोबिन्द सिह थापा जस्ले पाटी को सम्पती हाँक लाई ब्यक्तीगत सम्पती बनाई हाँक लाई कमाई खाने भाडो बनाएका छन I उनी पाटीका गद्दार हुन ।
२- कृष्ण पौडेल – बिगत ४ बर्स बाट पाटीमा प्लेथानोब को रोल खेल्ने ,निम्न पुजिबादी चिन्तन बोकेका मसाल बिरुद्द जहर ओगल्ने ,आठौ माअधिबेसन आफै गराउने अनि आफै आठौ माअधिबेसन को बिरुद्दमा जहर ओगल्ने
अराजक पाटी बिरोधि मान्छे हुन इनको लागे पुगे सम्म मसाल सिध्याउने योजनामा लागेको कारण ले पाटी बाट निलम्बन गरियका ब्यक्ती को नाम कृष्ण पौडेल हो ।
३- कृष्ण थापा -राजमो मा अहिले सम्म नलागेको कलंक को टिका लगाउने पाटी बिरोधी मान्छे हुन जस्ले गन्डकी प्रदेसमा राजमो लाई नराम्ररी छक्काए र धोका दिए अहिले पाटी र सांसद बाट नीलम्बन भएका ब्यक्ती हुन I
४- जीबन शर्मा – जिबन जी यो कथित भेलामा आउनुहुदैन इनी हरुले आफ्नो पब्लीसिटी बढाउन नाम दिएका हुन I

महेन्द्र बस्याल ,देब बहादुर लामीछाने र इन्द्र भोटाल को हुन ?
ओहो – महेन्द्र बस्याल ,देब बहादुर लामीछाने र इन्द्र भोटाल नेपालमा मसाल बिरोधी (जनजारण गुट )
लाई बुई चढाएर हिडने मुलप्रबाह बिरोधी अराजक मान्छे हरु हुन I
महेन्द्र बस्याल हरु हरु मुलप्रबाह का नेता हैनन र ??

महेन्द्र बस्याल हरु मुलप्रबाह को नेता भएको भए हामी उनिहरुको बिरोध किन गर्थ्यौ नी त ।

उनिहरुको उदेश्य के हुन सक्छ?

– महेन्द्र बस्याल ,देब बहादुर लामीछाने र इन्द्र भोटाल मुलप्रबाह बिरोधी अराजक हरु हुन जस्ले सकेसम्म भारतमा मुलप्रबाह लाई खतम गर्ने योजनाम लागेका ब्यक्ती हुन I
महेन्द्र बस्याल हरु ले मुलप्रबाहको नाम पनि लिने र मुलप्रबाह को बिरुद्दमा जहर ओगल्दै छन है यो सवै आम कार्यकर्ताहरुलाइ स्पष्ट भैसकेको छ।
यस्ता अराजक हरुको भ्रम मा पर्नु हुदैन I

अन्तिम प्रस्न – तपाईंको भासमा फेरी त्यो कथित भेलामा किन जाने त ??

त्यो आधिकारिक सभा होइन अथवा भेला होइन त्यसोभएकोहुनाले त्यो भेलामा न जान हाम्रो केन्द्रिय समितिका अध्यक्ष दुर्गा केसि ज्युले आधिकारिक रूपमा वक्तव्य नै निकाल्नुभएको छ।

सबै प्रस्ट पारिदिनुभएकोम धन्यबाद ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal