एमएलपिडीको युवा नेतृत्व निकै अध्ययनशील, जुझारु र इमानदार रहेको पाए :सुवास जिसि
झिमरुक पोस्ट
सोमवार, असार ११, २०८०
अखिल (छैठौं) का महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुवाश जिसी जर्मनको कम्युनिस्ट पार्टी एमएलपिडी र युवा सङ्गठन रिबेलको आमन्त्रणमा गत २०८० वैशाख २४ देखि जेठ १८ सम्म जर्मन जानुभएको थियो । उहाँ फर्केपछि जर्मन भ्रमणको क्रममा भएगरेका गतिविधि र अनुभवको बारेमा रिसव आचार्यले गर्नुभएको कुराकानी ।)
० जर्मनको यात्रा कस्तो रह्यो ?
– म गत वैशाख २४ गते जर्मन गएको थिएँ । म र नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंह पनि सँगै गएका थियौँ । हामी खास गरी त्यहाँको माक्र्सवादी–लेनिनवादी पार्टी (एमएलपिडी) को निमन्त्रणामा गएका थियौँ । समीरजि पूर्ण रूपले एमएलपिडीको निमन्त्रणामा जानुभएको हो भने म भने ट्राभल एजेन्सीमा काम गर्दा हिमालमा मैले ट्रेकिङ गराएका साथीहरूको आमन्त्रणमा गएको हुँ तर हामीले त्यहाँको कार्यक्रममा संयुक्त रूपले नै सहभागी भयौँ । समग्रमा करिब २५ दिनको युरोप बसाइ निकै उपलब्धिमूलक भयो भन्दा हुन्छ ।
० जर्मनमा के कार्यक्रम थियो ?
– हामीले समर्थन गर्ने पार्टी नेकपा (मसाल) इन्टरनेसनल कोर्डिनेसन अफ रिभोल्युसनरी पार्टिज एन्ड अर्गनाइजेसन (आइकोर) को संस्थापक सदस्य हो । कमरेड मोहनविक्रम सिंहले समेत त्यसको कोर्डिनेसन गर्नुभएको थियो । अहिले जर्मनको एमएलपिडीको उपाध्यक्ष मोनिका गार्ट्नर आइकोरको संयोजक हुनुहुन्छ । आइकोरलाई कृयाशील बनाउन र अन्तर्राष्ट्रिय स्तरमा कोर्डिनेसन गर्न एमएलपिडीले निकै ठुलो र महत्त्ववपूर्ण भूमिका निर्वाह गरेको छ ।
आइकोर र एमएलपिडीले विभिन्न सन्दर्भमा प्रशिक्षण आयोजना गर्दछन् । त्यही सिलसिलामा यसपालि हामीले १४ दिनको द्वन्द्ववादसम्बन्धी कार्यशालामा सहभागी भएका थियौं । त्यहाँ विभिन्न मुलुकका करिब ९० जना सहभागी भएका थिए ।
० कार्यशाला कसरी सञ्चालन हुँदो रहेछ ?
– जर्मन र हाम्रो देशबिच धेरै कुरामा धेरै अन्तर छ । मैले कार्यक्रमको सञ्चालनको सन्दर्भमा पनि धेरै नै अन्तर पाएँ । त्यहाँका कार्यक्रम एकदमै अनौपचारिक र एकदमै व्यावहारिक प्रकृतिको हुँदा रहेछन् । द्वन्द्ववाद र अन्य विषयमा नेपालमा हाम्रो पार्टीले पनि धेरै प्रशिक्षण चलाएको छ । सायद क्लास, प्रशिक्षण र कार्यक्रम हाम्रो पार्टीले जति अरू कुनै पार्टीले बनाउँदैनन् तर हामीले सञ्चालन गर्ने प्रशिक्षण बढी सैद्धान्तिक र कम व्यावहारिक हुने रहेछन् कि जस्तो भान भयो; जस्तै : हामीले द्वन्द्ववादको प्रशिक्षण चलाउँदा द्वन्द्ववादको सैद्धान्तिक पक्षलाई बढी केलाउने गर्दछौँ तर उनीहरूले द्वन्द्ववादलाई हाम्रो दैनिक जीवनसँग कसरी प्रयोग गर्ने भनेर प्रशिक्षण गर्दा रहेछन् । कामदारले कम्पनीमा, शिक्षकले स्कुलमा, डाक्टरले आफ्नो पेसामा—यस्तै विभिन्न सेक्टरमा कुन स्थितिमा द्वन्द्ववाद वा अन्य विचार, सिद्धान्त वा दर्शन कसरी प्रयोग हुन्छ भनेर छलफल, बहस गरेको पाइयो ।
कार्यशालाको लिडरले छोटोमा विषयवस्तु प्रस्तुत गर्ने र त्यसमा कुनै दुई जना सहभागीलाई मञ्चको दुईपट्टि राखेर घण्टौँ बहस गर्ने र अन्तमा अन्य सहभागीसमेतको सुझावका आधारमा निष्कर्ष निकाल्ने—यो निकै स्मरणीय र प्रभावकारी (लाइभ्ली) हुँदो रहेछ । हाम्रा कार्यक्रमको प्राविधिक पक्ष एकदमै कमजोर हुन्छ तर उनीहरूले साना साना कुरामा पनि निकै मिहिनेत गरेर प्रशिक्षणलाई प्रभावकारी बनाएको पाएँ ।
० कार्यक्रममा सहभागीको उपस्थिति र स्तर कस्तो पाउनुभयो ?
– त्यो कार्यशालामा हामी विदेशीसहित त्यहाँका स्थानीय साथीहरूको उपस्थिति थियो । सायद त्यहाँका स्थानीय सहभागी साथीहरूले पनि आन्तरिक रूपमा कुनै मापदण्ड पुर्याएर कार्यशालामा सहभागी हुनुभएको थियो होला । कार्यक्रममा पाकादेखि युवाहरूको सहभागिता थियो ।
प्राय:जसो विभिन्न कलकारखानामा काम गर्ने मजदुर र कामदारहरू पार्टीमा आबद्ध हुँदा रहेछन् । त्यहाँका सहभागी धेरैजसो कामदार नै थिए । कामदार भए पनि उनीहरूको सैद्धान्तिक स्तर धेरै माथि रहेछ । पार्टीमा लाग्ने भनेको हाम्रो देशमा जस्तो लहड र हुल्लडमा नभएर राजनैतिक र सैद्धान्तिक विचारधाराको दृष्टिकोण निर्माण गरेर मात्रै पार्टीमा सदस्य हुँदा रहेछन् । त्यसो हुँदा स्वाभाविक हिसाबले पार्टीसदस्यको सैद्धान्तिक स्तर धेरै राम्रो देखियो ।
० भनेपछि त्यहाँका पार्टीसदस्यले राम्रोसँग दर्शनको अध्ययन गरेको पाउनुभयो ?
– हो । उनीहरूले अध्ययनलाई धेरै जोड दिएको पाएँ । त्यहाँका पार्टीसदस्यले हप्तामा कम्तीमा पनि तीन घण्टा स्वअध्ययन गर्नुपर्दो रहेछ तर पार्टीको जति माथिल्लो पदमा बस्यो, त्यति नै धेरै पढ्नुपर्ने ।
हुन त हामीले पनि अध्ययन गर्ने कुरालाई जोड दिइरहेका हुन्छौँ तर हामीले इमानदारिपूर्वक गर्दैनौँ; जस्तै : हामीले कुनै पार्टीसदस्यले हप्तामा तीन घण्टा पढ्ने भन्यो भने त्यो कार्यान्वयन गर्न मुस्किल पर्छ तर त्यहाँ इमानदारिपूर्वक र स्वत:स्फूर्त पढ्ने गर्दछन् । कुनै कुराको निर्णय भएपछि त्यसको कार्यान्वयन ९० प्रतिशत बढी हुँदो रहेछ तर हाम्रोमा १० प्रतिशत कार्यान्वयन गर्न पनि मुस्किल हुन्छ । त्यहाँको साधारण पार्टीसदस्यले पनि माक्र्सवादी दर्शनको राम्रो अध्ययन गरेको छ । त्यसैले त्यहाँको पार्टी निकै अनुशासित र व्यवस्थित छ ।
० व्यवस्थित भन्नाले ?
– जस्तै एमएलपिडी सन् १९८२ मा स्थापना भएको पार्टी हो । पार्टी पछिल्लो ३० वर्षयता कुनै पनि प्रकारको विभाजन र फुटमा परेको छैन । अहिले पनि जर्मनमा त्यो सङ्गठन बढ्दो क्रममा नै छ । पार्टी नफुट्नुलाई उनीहरूले पार्टीसदस्यमा राम्रो सैद्धान्तिक दृष्टिकोणको निर्माणलाई लिन्छन् ।
गत २२/२३ वर्षयता उनीहरूले पार्टीमा “प्रोलेट्रिएन मोड अफ थिङकिङ“ नाम दिएर माक्र्सवाद र लेनिनवादका आधारभूत सिद्धान्तलाई व्यावहारिक र वैज्ञानिक रूपले पार्टीमा प्रयोग गरेका छन् । त्यसले पार्टीसदस्यको आधारभूत दृष्टिकोणलाई क्लिएर गरेको छ, जसको कारण पार्टीले माक्र्सवाद र लेनिनवादको सृजनशील प्रयोग र विस्तारमा राम्रो योगदान दिन सकेको देखिन्छ ।
पार्टीसदस्यमा देखिने निम्नपुँजीवादी चिन्तनलाई बदली सर्वहारा विश्वदृष्टिकोण निर्माण गर्न सैद्धान्तिक तथा राजनैतिक प्रशिक्षणमा धेरै जोड गरेको पाइयो । जनवादी केन्द्रीयतालाई पार्टी सञ्चालनमा बडो सुझबुझका साथ प्रयोग गरिएको देखिन्छ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको पनि व्यावहारिक प्रयोग छ, जसका कारण दुई लाइनको सङ्घर्ष व्यवस्थित छ । यसरी पार्टी सङ्गठन निकै परिपक्व, अनुशासित र व्यवस्थित छ ।
० पार्टीमा युवा नेतृत्व र सहभागिता कस्तो पाउनुभयो ?
– पार्टीको अलावा त्यहाँ केही जनवर्गीय सङ्गठन पनि छन् तर हाम्रो जस्तो धेरै होइन । तिनीहरूको एउटा रिबेल भन्ने छुट्टै युवा सङ्गठन पनि छ । त्यसले युवाविद्यार्थीको माझमा धेरै काम गर्ने गरेको पाइयो । ८ वर्ष देखि १६ वर्षसम्म रेड फक्स (बाल सङ्गठन) मा रहने र १६ देखि ३४/३५ वर्षसम्मका रिबेलमा रहँदा रहेछन् ।
पार्टीमा पनि युवाहरूको उपस्थिति लोभलाग्दो छ । एमएलपिडीले गत १० वर्षदेखि पुस्ता हस्तान्तरण (जेनेरेसन चेन्ज) को अभियान चलाएको छ । सन् २०१६ देखि उसको अहिलेको अध्यक्ष नै करिब ४४/४५ वर्षकी गावी फेचनर भन्ने महिला छन् । उनलाई अध्यक्ष बनाउनुभन्दा १० वर्षअघि देखि अध्ययनको लागि पार्टी केन्द्रीय समितिले एउटा डिट्यल्स कोर्स निर्माण गरेको रहेछ । त्यो कोर्स पूरा गरेर मात्रै उनी पार्टीको नेतृत्वमा पुगेकी हुन् ।
हाम्रो देशमा नेताहरूको सैद्धान्तिक र वैचारिक स्तर धेरै नै कमजोर पाइन्छ । अहिले नयाँ भनिएको पुस्ताको वैचारिक स्तर झन् धेरै कमजोर छ जस्तो लाग्छ । हामीले नेतृत्वमा युवा पुस्ताको बहस गर्दा उसको राजनैतिक तथा वैचारिक स्तर, अध्ययनको स्थिति र इमानदारिताको ख्याल नराख्ने हो भने त्यो नेतृत्व भ्रष्ट हुने कुरा निश्चित छ । त्यसकारण त्यहाँ मैले भेटेका युवा नेतृत्वका साथीहरू निकै अध्ययनशील, जुझारु र इमानदार पाएँ । पार्टीप्रति समर्पण र त्याग पनि देखियो । त्यस प्रकारको नेतृत्वको निर्माणले मात्रै पार्टी, क्रान्ति र आन्दोलन सफल हुने हो ।
० तपाईंलाई त्यहाँको पार्टीको के कुराले धेरै प्रभावित पार्यो ?
– म धेरै कुराले प्रभावित भएँ तर मुख्य रूपले अध्ययन गर्ने कुराले । त्यहाँ हरेकले आफूले काम गर्ने ठाउँको सम्पूर्ण सूचना प्राप्त गरेको छ । त्यसको सूक्ष्म अध्ययन र विश्लेषण गरेको छ । त्यसको आधारमा नीति, विचार र कार्यक्रम बनाएको छ तर हामीले हरेक काम हचुवाको भरमा गर्छौं । टिपनटापन र चलिहाल्छ नि भन्ने हिसाबले गर्छौं । त्यो हाम्रो ठुलो कमजोरी हो ।
हामीसँग भेटघाटको क्रममा त्यहाँको पार्टीका पूर्व अध्यक्ष स्टेफेनले भनेका थिए : “हामी कम्युनिस्टहरूले माक्र्सवादी दर्शनको अध्ययन गर्नुपर्दछ । अध्ययन गर्न छाड्यो भने हामीलाई पुँजीवादले व्यापक प्रभाव पार्दछ र त्यसले कम्युनिस्ट आन्दोलनलाई धेरै कमजोर बनाउँछ । त्यसकारण कम्युनिस्टले अझ धेरै पढ्नुपर्दछ ।” उनले अगाडि भनेका थिए : “नेपाल जस्तो विकासोन्मुख देशमा पुँजीवादको धेरै प्रभाव हुन्छ । टिभी, इन्टरनेट तथा सोसियल मिडियाले जनतालाई छिट्टै प्रभाव पार्दछ । यदि कम्युनिस्टले नपढ्ने हो भने पुँजीवादले दिमागको भ्रष्टीकरण गरिदिन्छ ।“ वास्तवमा यो भनाइ निकै मनन्योग्य छ ।
हामीले पढ्न छाडेका छौँ । अहिले हाम्रो ज्ञान र सूचनाको स्रोत सामाजिक सञ्जाल बनेको छ । हामी धेरैको सामाजिक सञ्जालमा पहुँच पुगेको छ तर हामीलाई ती सूचना सही या गलत के हुन् भन्ने कुराको कुनै चेतना छैन । हाम्रो चेतनाले त्यो सूचनाको सत्यतालाई ठम्याउने हैसियत राख्दैन । विडम्बना ¤ सामाजिक सञ्जालमा आउने तिनै छिपछिपे सूचनाको आधारमा नै हामीले हाम्रो दृष्टिकोण बनाउँछौँ । त्यसकारण यो खतरावाट बचेर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन अध्ययन गर्ने/गराउने कार्यमा जोड दिनुपर्ने आवश्यकता छ ।
अर्को कुरा, हामीमा इमानदारिता पनि धेरै नै कमी छ । मैले पहिले नै भनेँ, हामीले निर्णय गरेको धेरै कुरा कार्यान्वयन गर्दैनौँ । टालटुल गर्छौं । मानौँ, आजको दिन पार्टीको काममा जानुछ भने त्यो दिन मनले काम गरे कति काम गर्न सकिन्छ । त्यो दिन यसै सिद्धिँदै छ भने इमानदारिपूर्वक काम गर्ने नि ¤ तर हामी गर्दैनौँ । झारा टार्छौं । यो हाम्रो ठुलो कमजोरी हो जस्तो लाग्छ । समयको व्यवस्थापन पनि हाम्रो पटक्कै छैन । विदेशीहरूले एक मिनेट पनि समय खेर फाल्दैनन् । त्यसै उनीहरूको देश विकास भएको होइन ।
० जर्मनमा कम्युनिस्ट पार्टीको अवस्था कस्तो पाउनुभयो ?
– जर्मनमा अहिले माओ, लेनिन र स्टालिनको समयतिर जस्तो ठुलो र शक्तिशाली कम्युनिस्ट पार्टी छैन । अहिले त्यहाँको सरकारमा सोसियल डेमोक्रेटिक पार्टी, ग्रिन पार्टी र फ्री डेमोक्रेटिक पार्टी छन् । सोसियल डेमोक्रेटिक पार्टीले आफूलाई माक्र्सवादी भने पनि त्यो दक्षिणपन्थी संसोधनवादी पार्टी हो । एमएलपिडी एउटा वैचारिक स्पष्टताको साथ अघि बढेको “राइजिङ“ कम्युनिस्ट पार्टी हो । त्यो सङ्गठनात्मक व्यवस्थापनका हिसाबले चुस्त र कार्यक्रमको हिसाबले सक्रिय छ ।
० तपाईंंले जर्मनको एउटा पुरानो कलेजको बारेमा छोटो प्रतिक्रिया दिनुभएको थियो । त्यो के रहेछ ?
– सेमिनार सिद्धिसकेपछि म जर्मनका विभिन्न ठाउँमा घुमेको थिएँ । खास गरी म जर्मनको राजधानी बर्लिनमा त्यहाँको संसद भवन, तत्कालीन इस्ट बर्लिन र वेस्ट बर्लिनको भग्नावशेष पर्खाल, त्यहाँको सबैभन्दा पुरानो विश्वविद्यालय, लेनिनले अध्ययन गरेको लाइब्रेरी, स्टालिनको स्मृतिमा बनेको ट्रिप्टो टावर, माक्र्सको नाममा नामकरण भएको सडक र भवन, द्वितीय विश्वयुद्धपछि सोभियत सङ्घले बनाएका भवन इत्यादि ठाउँमा घुमेको थिएँ ।
हम्बोल्ट विश्वविद्यालय बर्लिनको सबैभन्दा पुरानो विश्वविद्यालय हो । यसको स्थापना सन् १८१० तिर भएको रहेछ । यसको स्थापना विल्हेम भोन हम्बोल्टले गरेका हुन् । यसलाई सबै आधुनिक विश्वविद्यालयको आमा पनि भनिन्छ । यहाँ सुरुदेखि नै दर्शन, कानुन, मेडिसिन र कृषि विषयमा अध्यापन गराइएको रहेछ । यो विश्वविद्यालयमा कार्ल माक्र्स, हेनरिक हेइन, ओटो भोन बिस्मार्कर, अल्बर्ट आइन्स्टाइनहरूले पढेका थिए भने लेनिनले यहाँको पुस्तकालयमा धेरै समय बसेर अध्ययन गरेका थिए । हाल यो विश्वविद्यालयको सुरुमा नै डच भाषामा कार्ल माक्र्सको यो भनाई राखिएको छ– “The philosophers have only interpreted the world, in various ways. The point, however, is to change it.” (दार्शनिकहरूले विभिन्न माध्यमबाट विश्वको विश्लेषण गरेका छन् तर मुख्य विषय विश्वलाई बदल्नु हो ।)
सन् १९३० को दसकमा हिटलरको पार्टीले सांस्कृतिक नरसंहार गरेको थियो । त्यो बेला यो विश्वविद्यालयको लाइब्रेरीका करिब २ लाख महत्त्वपूर्ण किताब जलाइएको थियो । खास गरी कम्युनिस्ट, समाजवाद, युदी, शान्तिवादी लेखकद्वारा लेखिएका धेरै पुस्तक जलाइएका थिए । कार्ल माक्र्स, कार्ल काउत्स्की, अल्बर्ट आइन्स्टाइन, हेलेन केलर, फ्रेन्च र अङ्ग्रेजी लेखक र नाजी विचारधारासँग नमिल्ने लाखौँ किताब जलाइएको थियो ।
मैले यो सन्दर्भमा एकातिर यो युनिभर्सिटी त्यो समयमा कति महत्त्वपूर्ण थियो र अर्कोतिर हिटलर कम्युनिस्टप्रति कति क्रुर थियो भन्ने कुराको एउटा सानो उदाहरण मात्र स्पष्ट गर्न खोजेको हुँ ।
० हालको जर्मनको शिक्षाप्रणाली कस्तो रहेछ ?
– पक्कै पनि त्यहाँको शिक्षाप्रणाली जनवादी छैन । त्यहाँको शिक्षाप्रणालीमा पनि समस्या अवश्य छन् तर हाम्रोभन्दा उन्नत, व्यावहारिक र जीवनोपयोगी छ । म त्यहाँको एउटा आधारभूत स्कुल “लेम्गो ग्राउन्ड स्कुल” मा गएको थिएँ । त्यहाँको कक्षाकोठा प्रविधियुक्त छ । धेरै कुरामा प्राक्टिकल पार्ट छ । अनिवार्य विषय छैनन् । बच्चाहरू स्वतन्त्र छन् । हाम्रो जस्तो कोरा र ढोङी शिक्षा मैले त्यहाँ देखिनँ । ७/८ कक्षाभन्दा माथि विभिन्न भाषाका क्लास हुँदा रहेछन् । १२ कक्षापछि धेरैजसो विद्यार्थीहरू उद्योगले सञ्चालन गर्ने तालिमका कोर्स गरेर जागिरमा लाग्दा रहेछन् ।
हाम्रो देशमा कोरा सैद्धान्तिक, अव्यावहारिक शिक्षाप्रणाली छ । विदेशीको लगानी र उसकै निर्देशनमा कोर्स बन्छ । मूल्याङ्कन प्रणाली पनि अव्यावहारिक छ । हाम्रा स्कुलकलेज खालि बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै हुन् ।
० त्यहाँको विकासलाई कसरी अनुभव गर्नुभयो ?
– म जर्मन पुगेपछि मलाई लाग्यो– हामीले नेपाल बसेर युरोप कति विकास भएको छ ? त्यो कल्पना पनि गर्न सक्दैनौँ अनि युरोप बस्नेहरूले हामी कति पिछडिएका छौँ ? त्यो उनीहरूले कल्पना गर्न सक्दैनन् । उनीहरू धेरै अगाडि छन्, हामी धेरै पछाडि ।
मलाई लाग्छ, अहिले हाम्रो जस्तो चेतना उनीहरूको सोह्रौँ/सत्रौँ शताब्दीतिर थियो होला । उनीहरूले आफ्नो देश विकास गरेर भ्याएका छन् । दसौँ हजार कलकारखाना छन् । शिक्षा, स्वास्थ्य निशुल्क छ । सडक र बस्ती व्यवस्थित छन् । वर्ग तिनीहरूको समाजमा पनि छ । शोषण त्यहाँ पनि छ । समस्या उनीहरूका पनि छन् तर आधारभूत विकास धेरै राम्रो छ ।
हाम्रो देशमा योजनाबद्ध विकास छैन । नेताहरूमा कन्सेप्ट नै छैन । चीनले दुई वर्षअघि बनाइदिएको कोटेश्वर–कलङ्कीको बाटो अहिले ग्वार्कोमा ३०० मिटर बढि फुटालेको छ, ओभरहेड अन्डरग्राउण्ड के के चाहियो भनेर । एकान्तकुनामा रुख चाहियो रे ¤ बल्खुदेखि कलङ्की एक लेन पूरै तोडेको छ । बनाएको दुई वर्ष भएको छैन, तोड्न सुरु । हाम्रो विकास यस्तै हो । प्लानिङ जिरो छ ।
हामीले कङ्क्रिटलाई विकास भनेका छौँ । हामीलाई सिमेन्ट लिपेपछि ठुलो विकास भयो । डोजर जता जता निस्कन सक्यो, उतै उतै पहाड भत्काएको छ । अहिले त झन् वडाअध्यक्षलाई जे लाग्छ, त्यही विकास । हाम्रो यस्तो चेतना र विकासले त हामी २०० वर्षपछि पनि यही स्थितिमा हुन्छौँ । हामीमा चेतनाको ठुलो खडेरी छ ।
० तपाईं त निराश भएर फर्किनुभयो कि क्या हो ?
– त्यसो होइन । राजनैतिक हिसाबले हामी र हाम्रो पार्टी धेरै ठिक ठाउँमा छ । हाम्रो पार्टीलाई हेर्ने उनीहरूको दृष्टिकोण धेरै राम्रो पाइयो । एनसिपी (मसाल) भन्दा बित्तिकै उनीहरूले सम्मान व्यक्त गर्दा रहेछन् । कमरेड मोहनविक्रम सिंहप्रति हरेक देशका प्रतिनिधिको सम्मान र चासो भेटियो । यो देख्दा खुसी नै लाग्यो ।
वास्तवमा कम्युनिस्ट पार्टीको सदस्य हुनु भनेको अन्तर्राष्ट्रिय सदस्य हुनु हो । यो सम्पूर्ण पृथ्वी हाम्रो घर हो भन्ने भान हुँदो रहेछ । दक्षिण अफ्रिकाको मानिस पनि आफ्नै दाजुभाइ जस्तो लाग्दो रहेछ । यो धेरै नै ठुलो भावना हो । स्विटजरल्यान्डबाट म्युजिक फेस्टिभलको लागि केही युवा साथी आएका थिए । उनीहरूले त्यहाँ पनि शोषण छ र त्यसको विरुद्धमा हामी लडेका छौँ भन्दा म निकै अचम्मित र उत्साही भएको थिएँ । हामीलाई स्विटजरल्यान्ड भनेको स्वर्ग हो जस्तो लाग्छ । पुँजीवादी स्वर्गमा पनि गरिबमाथि शोषण त हुँदो रहेछ नै ।
विकासको बारेमा पनि मैले हाम्रो यथार्थता बुझेर आएको छु । हामीसँग धेरै सम्भावना छन् । हाम्रा हिमाल वास्तवमा ठुला सम्पत्ति हुन् । युरोपका लागि हाम्रो ग्रामीण जीवन निकै अनौठो छ । यी दुई कुरालाई व्यवस्थित गर्दा पनि हाम्रो पर्यटन धेरै राम्रो हुन्छ तर विडम्बना हाम्रो सरकारसँग कुनै योजना छैन ।
० म्युजिक फेस्टिभल चाहिँ के हो नि ?
– संयोगवश मैले यो कार्यक्रममा भाग लिने अवसर पाएँ । यो जर्मनको रिबेल भन्ने युवा सङ्गठनले आयोजना गरेको कार्यक्रम हो । रिबेलले समर क्याम्प, विन्टर क्याम्प जस्ता धेरै कार्यक्रम सञ्चालन गर्दो रहेछ । तीमध्ये म्युजिक फेस्टिभल पनि एउटा हो । म्युजिक फेस्टिभल जनसांस्कृतिक कार्यक्रम हो । त्यहाँ जनवादी र प्रगतिशील ब्यान्डले आफ्नो गीत प्रस्तुत गर्दा रहेछन् ।
तीन दिनसम्म चलेको उक्त कार्यक्रममा प्रस्तुति दिन युरोपका हजार बढी ब्यान्डले आवेदन दिँदा रहेछन् । समयको हिसाबले छनौटमा परेका डेढदेखि दुई सय ब्यान्डले मात्रै प्रस्तुति दिन सक्ने रहेछन् । यसपालि करिब २६ देशका १३६ ब्यान्ड थिए होला । निकै उत्साहजनक कार्यक्रम थियो त्यो । जङ्गलको बिचमा, आफू सुत्ने टेन्ट, स्लिपिङ ब्याग लिएर जानुपर्ने रहेछ ।
त्यो कार्यक्रममा धेरै कुरा सिक्ने अवसर मिल्यो । त्यहाँ खाना, खाजा तयार गर्ने धेरै स्टल थिए । ती सबै पार्टीले व्यवस्थापन गरेको थियो । पार्टीका सदस्यले सबै काम गर्नुपर्ने । यतिसम्म कि पार्टी अध्यक्षले पनि त्यहाँ योगदान दिनुपर्ने । अध्यक्षले एप्रोन लाएर खाना पकाउने, भाँडा सफा गर्ने, किताब बेच्ने, हरेक स्टलमा काम गर्ने, केही न केही योगदान गर्नुपर्ने । त्यो कसैले लगाएर होइन स्वतस्फूर्त । सबैले सबै काम गर्ने, आफूले त्यही काम गरेको छ तर किनेर खाने । त्यो अनुशासन हाम्रोमा पाउन गार्हो छ ।
० यस प्रकारका अन्तर्राष्ट्रिय मञ्चको के फाइदा हुँदोरहेछ ?
– अन्तर्राष्ट्रिय प्ल्याट्फर्म हाम्रो लागि एकदमै आवश्यक छ, धेरै कुरा सिक्नका लागि । अहिले पिपुल्स फ्रन्ट भन्ने पुँजीवाद र साम्राज्यवाद विरोधी अन्तर्राष्ट्रिय सङ्गठनको सम्मेलन हुँदै छ । खास गरि रसिया–युक्रेन युद्धले तेस्रो विश्वयुद्धको छनक दिइराखेको छ र विश्व दुई धु्रवमा विभाजित हुन खोज्दै छ । साम्राज्यवादीहरूबिच युद्ध भयो भने त्यो भयानक हुने छ । प्रथम र दोस्रो विश्वयुद्धको बेला अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टी धेरै बलियो थियो । ती युद्ध रोक्न कम्युनिस्टहरू सफल भएका हुन् ।
अहिले कम्युनिस्ट आन्दोलन कमजोर छ । यो स्थितिमा पिपुल्स फ्रन्टको सम्मेलनको धेरै ठुलो महत्त्व छ । त्यसले विश्वयुद्ध हुन नदिन धेरै प्रयत्न गर्ने छ । पिपुल्स फ्रन्टसँग सम्बन्धित अहिले एउटा अन्तर्राष्ट्रिय युवा मोर्चा पनि बनेको छ । त्यसमा हाम्रो सङ्गठन अखिल (छैठौं) लाई पनि सदस्य बन्न प्रस्ताव आएको छ । प्रक्रिया पुर्याएर हामी त्यसको सदस्य बन्नुपर्छ ।
० अन्तमा केही छ कि ?
– मलाई युरोपबाट फर्केपछि मेरा आफ्ना अनुभव सुनाउने मौका दिनुभयो । त्यसका लागि धेरै धेरै धन्यवाद । युगदर्शन अन्लाईन बाट साभार