शनिबार, साउन १२, २०८१

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन जेठ २६ गते बुटवलमा हुने

 

बुटवल।  ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन तथा साधारणसभा आगामी जेठ २६ गते शनिवार बुटवलमा हुने भएको छ।

अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ (साविक ढाकावाङ्ग गाविस)बाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसाेवास गर्नेहरु बीच २०८० जेठ मा स्थापना भएको समाजले जेठ २६ गते शनिवार बुटवल १३ बेलवासमा प्रथम अधिवेशन तथा साधारणसभा आयोजना गर्न लागेको संस्थाका अध्यक्ष कृष्णप्रसाद खनालले बताए।

प्रथम अधिवेशन तथा साधारणसभालाई भव्य र शव्य रुपमा सम्पन्न गर्नका निम्त विभिन्न उपसमितिहरु निर्माण गरि तयारीमा जुटेको संस्थाका कार्यवाहक सचिव टेकराज भुसालले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal