शनिबार, साउन १२, २०८१

छैठौं डडेल्धुराको अध्यक्षमा जोशी निर्बाचित

email sharing button
sharethis sharing button

डडेल्धुरा: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) डडेल्धुराको अध्यक्षमा कर्म जोशी चयन भएका छन्। शनिवर जिल्ला सदरमुकाममा भएको नवौं जिल्ला सम्मेलनले जोशीको अध्यक्षतामा नौ पूर्ण र दुई वैकल्पिक गरी ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा जनक तिमिल्सेना, सचिवमा पवन विष्ट, सहसचिव हिमाल बोहरा र कोषाध्यक्षमा प्रिया ताम्राकार चयन भएका छन्। यस्तै सदस्यहररूमा माया अवस्थी, चिरञ्जीवी तिमिल्सेना, गणेश ऐर तथा वैकल्पिक सदस्यमा खगेन्द्र बुढाऐर र निशा ताम्राकार चयन भएका छन्। सदस्यको एक पद हाललाई रिक्त राखिएको छ।

कार्यक्रममा अखिल (छैठौं)का केन्द्रीय सदस्य हेमराज भट्ट, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर जाग्री, अखिल (छैठौं) का पूर्वकेन्द्रीय सदस्य दिलबहादुर ऐर, पूर्वजिल्ला अध्यक्ष तारा धिक्तलगायत नेताहररूले सम्मेलन सफताको शुभकामना दिए। सम्मेलनपछि बसेको बैठकले आगामी जेठमा हुने संगठनको राष्ट्रिय सम्मेलन तयारीलगायतका विषयमा छलफल गरेको निबर्तमान अध्यक्ष टंक अवस्थीले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal