मङ्लबार, असार २४, २०८२

अखिल नेपाल महिला संघ झिमरूक ७ काे वार्ड भेला सम्पन्न

प्यूठान श्रावण १६ गते ।

अखिल नेपाल महिला संघ झिमरूक ७ काे वार्ड भेला संघकी केन्द्रीय सचिव तारा जिसीकाे प्रमुख अतिथ्यमा सम्पन्न भएको छ। समितिकी उपाध्यक्ष रमा गिरीकाे अध्यक्षतामा सम्पन्न भेलामा विभिन्न माेर्चाका अतिथिहरूकाे समेत सहभगिता रहेको थियो । संघको उदेश्य र संगठनको आवश्यकता बारे तारा जिसीले सम्बाेधन गर्नुभएको थियोे । भेलामा आगामी कार्यकालकाे लागि प्रस्तुत भएको १३ सदस्यीय प्रस्तावित प्यानल सर्वसम्मत रूपमा पारित भएको थियोे । दाेस्राे भेलाले इन्दु सुनार अध्यक्ष,तुल्सा गिरी उपाध्यक्ष,मिना पाेख्रेल सचिव,कमला रसाईली सहसचिव र गिता जिसी काेषाध्यक्ष लगायत रहेको नयाँ कार्यकारिणी निर्वाचित गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?