शनिबार, साउन १२, २०८१

कबिता / गजल

“सम्मानित पदक ले चुच्चे नक्सा खाएकाे”
—————————————————-
रबि पाैडेल ,
सुनिन्थ्याे पहिले एक मधेस एक प्रदेश
सुनिन्छ अहिले स्वतन्त्र मधेस
अातङककारि लाई माला लगाउँदा
देश द्राेहि सँग गला लगाउँदा

पहिले चुच्चे नक्सा थिएन
लिम्पियाधुरा ,लिपुलेखर ,कालापानी हरायाे
पछि जनताको बिराेध काे बलले चुच्चाे अायाे
कहिले केक र कहिले बिभुषण ले चुच्चो नक्सा खायाे

कहिले पलाउने रास्ट वाद
कहिले हराउने रास्ट वादबाद

सत्ता टिकाउन मेसाे मिलाउदा
अपराधी लाई माला लगाउने
ज्यान मुद्दा का अभियाेग लाई पनि
तिमिले गला लगाउने ?

कहिले अपराधी भएको
अहिले मितेरी लाएको
सम्मानित बिभुषण काे पदकले
चुच्चे नक्सा खाएको

अघिपछि रास्टबादि हुन्छन
चुच्चो नभएको पदक च्याप्प समात्छन
पदक सँग रास्टबाद हराउछ
सम्मान पाउँदा यिनकाे रास्टबाद हराउँछ

कहिले उचालिन्छ रास्ट वाद
कहिले पछारिन्छ रास्टबाद
तिम्रा नाैटङकि रास्टबाद
तिम्रा नाटकिय रास्टबाद

मिति : १३-०४-२०२१
दक्षीण भारत ,पाण्डेचरि

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal