सोमवार, भदौ ९, २०८२

कार दुर्घटना हुँदा चार भारतीय तीर्थयात्री घाईते

प्यूठान । प्यूठानमा कार दुर्घटना हुँदा चार जना भारतीय तिर्थयात्री घाईते भएका छन् । भारतीय नम्बर प्लेटको यूपी ५६ ए ए ४२२२  नम्बरको कार दुर्घटना हुदा स्वर्गद्धारी दर्शन गरेर फर्किएका भारतीय नागरिक घाइते भएका इलाका प्रहरी कार्यालय भिंगृले जनाएको छ । स्वर्गद्धारी नगरपालिका–४ भिंगृ टाकुरा थुम्कामा कार दुर्घटना भएको हो ।

दुर्घटनामा भारतको बढनीनगरको सिद्धार्थनगर वर्गदहदा वस्ने ५३ वर्षीय विरेन्द्र पाण्डे, ४३ वर्षीय सुभद्धा पाण्डे, ५५ वर्षीय शिला पाण्डे र १७ वर्षीय जया पाण्डे घाइते भएको इलाका प्रहरी कार्यलय भिंगृका प्रहरी निरिक्षक नविन कुमार थापाले जानकारि दिनुभायो । चालक ४५ वर्षीय अलिलेख कुमार पाण्डेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरी निरिक्षक थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?