शनिबार, साउन १२, २०८१

राजधानीमा भयानक हावाहुरी आयो

राजधानीमा बिहीबार राति भयानक हावाहुरी आएको छ । राति ९ बजेदेखि हावाहुरी चलेको हो । हावाहुरीबाट के कति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भएको छैन ।
कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका छन् ।
देशको दक्षिण पश्चिमबाट  मेघ गर्जन र  चट्याङ सहित वर्षा गराउने बादल विकसित  भई रहेको र  उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएकाे समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?