शुक्रबार, पुस ४, २०८२

झिमरुकमा जिप दुर्घटना, १४ जना घाईते

प्यूठान । झिमरुक गाउँपालिका ६ तोरवाङ अर्गेलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बुटलवबाट प्यूठान गौमुखी गाउँपालिका–१ अर्खा जाँदैं गरेको लु २ ख ६३२२ को जिप दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक गौमूखी ६ नारिकोटका सुवास थापा, गौमुखी गाउँपालिका ५ निवासी वर्ष ८ का सरोज के.सी., वर्ष ३२ की सुनिता केसी, वर्ष ४२ की खिमा मल्ल, गाौमुखी गाउँपालिका नारिकोटका वर्ष ३७ का सन्तलाल गुरुङ, गौमुख गापा अर्खाका ५५ वर्षिय रेमलाल थापा, वर्ष ५० का मोति पुन घाईते भएको प्रहरीले जनाएको छ ।

यस्तै झिमरुक ८ गोब्दी निवासी बर्ष ३२ की सावित्रा वस्नेत, झिमरुक ५ निवासी वर्ष ६० को कुम्भ जिसी, वर्ष ५७ की धनकुमारी जिसी, गुल्मी मदाने गाउँपालिका १ अग्लुङ्गफेदी निवासी वर्ष ३८ का सालिकराम कुवर घाइते भएको जिल्ला प्रहरी प्यूठानले जनाएको छ । घाईते ३ जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal