शनिबार, फाल्गुन २, २०८२

प्रेस चौतारी प्युठानको अध्यक्षमा पुनः गिरी

प्युठान प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको अध्यक्षमा पुनः बासुदेव गिरी चयन हुनुभएको छ । आठौं जिल्ला अधिवेशनबाट गिरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्ष राम बहादुर बि.क., महिला उपाध्यक्ष सीता बि.क. सचिब बोम बहादुर परियार, सह-सचिब तेजेन्द्र बिएम, भुवनसिंह के.सी., कोषाध्यक्ष हेमन्त पाठक रहनुभएको छ ।

शहिद उमेश स्मृति प्रतिष्ठान विजुवारमा भएको कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य सूर्य थापाले गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले प्युठानका अध्यक्ष बिजयराज बिष्ट, पत्रकार महासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारी, प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य जुमान सिंह केसी, प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थी, प्रेस सेन्टरका केन्द्रिय सदस्य हरि प्रसाद भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal