आइतवार, चैत्र २, २०८१

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा मल्लरानी गाउँपालिका जिल्लामै पहिलो

प्यूठान आर्थिक वर्ष ०८०/०८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनको प्यूठान जिल्लाको नतिजामा मल्लरानी गाउँपालिका पहिलो भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तय गरेको कार्यविधि अनुसारको मूल्यांकनमा उच्चतम प्रदर्शन गर्ने स्थानीय तहमा मल्लरानी गाउँपालिका परेको हो ।

मल्लरानी गाउँपालिकाले १०० अंकमा ९० दशमलव ५ अंक प्राप्त गरि जिल्लामा पहिलो स्थान हासिल गरेको हो ।

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले जनप्रतिनिधि, कर्मचारी सबैको कार्यसम्पादन राम्रो  हुनसकेमा मात्र हरेक काम राम्रो हुने भन्दै सबैले सकारात्मक सोच अनुसार कामगर्ने सकेमा कार्यप्रणाली अझ राम्रो बनाउन सकिने बताउनुभयो। उहाँले आगामी दिनमा अझ प्रभावकारी गराउन गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

विभिन्न पाँच वटा विषय क्षेत्रमा मूल्यांकन गर्ने गरिन्छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण र राजश्व व्यवस्थापन विषय क्षेत्र रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?