आइतवार, फाल्गुन २५, २०८१

होटल व्यवसायी संघ प्यूठानको अध्यक्षमा लिलाधर न्यौपाने विजयी

विजुवार । होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र यूठानका अध्यक्षमा होटल व्यवसायी लिलाधर न्यौपाने विजयी हुनुभएको छ । संघको शनिवार जुम्री प्यूठानमा सम्पन्न १३ औं साधारण सभा तथा छैठौं अधिवेशनवाट प्रतिस्पर्धी बसन्त भण्डारीलाई ८५ मतले पछि पार्दै न्यौपाने विजयी हुनु भएको हो ।

कुल ३ सय ३५ मत मध्ये न्यौपानेले २ सय ७ मत प्राप्त गर्न सफल हुनु भएको छ । उहाँका प्रतिस्पर्धी भण्डारीको पक्षमा १ सय २२ मत परेको छ । यस्तै ६ मत बदर भएको निर्वाचन समितले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?