शनिबार, साउन १२, २०८१

देब बहादुर लामिछाने मूल प्रवाहको साधारण सदस्य बाट निश्कासित

धनविर पुन : नयाँ दिल्ली, १८ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व उपाध्यक्ष देब बहादुर लामिछाने समाजले साधरण सदस्यबाट समेत निश्कानमा परेका छन् । लामिछानेले संगठनको नीति तथा अनुशासन विरुद्ध लागेको कारण निश्कासित गरिएको समाजका महासचिव ठाकुर खनालद्वारा हस्ताक्षरित जारि विज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ ।

विज्ञप्तीमा पूर्व केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका पूर्व अध्यक्ष महेन्द्र बस्याललाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ ।सोही विज्ञप्तीमा खनालले दक्षिण भारत क्षेत्रीय समितिको कार्यवाहक अध्यक्षमा चन्द्र बहादुर थापा चयन भएको समेत जानकारी गराउनु भएको छ । विज्ञप्तीमा लेखिएको छ ः

“तत्काल केही विषयमा स्पष्ट गर्नका लागि यो प्रेस विज्ञप्ती जारि गरिएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको दिनांक २०–२१ मार्च २०२१ मा बसेको नवौं बैठकले समितिका उपाध्यक्ष देब बहादुर लामिछाने र केन्द्रीय सदस्य महेन्द्र बस्यालले सांगठनिक अनुशासन उल्लंघन गरेकाले वहाँहरु दुबैलाई केन्द्रीय समिति, क्षेत्रीय समिति तथा संगठनको सबै तहका समिति एवं विभागीय जिम्मेदारीबाट हटाइएको थियो । त्यसका साथै १४ अप्रेल २०२१ का दिन देब बहादुर लामिछानेलाई संगठनको साधारण सदस्यबाट समेत निश्कासन गरिएको थियो । जसको जानकारी आन्तरिक रुपमा तलसम्म गराई सकिएको छ, तर सार्वजनिक गरिएको थिएन ।
आजै बसेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको बैठकले चन्द्र बहादुर थापालाई कार्यवाहक अध्यक्षको रुपमा चयन गरेको छ । तर महेन्द्र बस्यालले बेंगलोरमा भएको एउटा बैवाहिक कार्यक्रमको शुभकामना मन्तव्यमा आफूलाई दक्षिण भारतको क्षेत्रीय अध्यक्ष र देब बहादुर लामिछानेलाई केन्द्रीय उपाध्यक्ष बताउनु भएको छ । साथै वहाँले अनुशासन हिनता कै कारणले क्षेत्र तथा स्थानीय समितिहरुले जिम्मेवारी मुक्त गरेका कतिपय अन्य व्यक्तिहरुलाई पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नेता कार्यकर्ताको रुपमा प्रचारित गर्नु भएको छ ।
वहाँहरुलाई संगठनले आन्तरिक कार्यवाही गरेको हुँदा सार्वजनिक गरिएको थिएन । तर अहिले वहाँहरु सार्वजनिक रुपमै संगठन विरुद्ध गतिविधिमा संलग्न भएको पाइएको हुँदा महेन्द्र बस्याल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सबै जिम्मेवारीबाट हटाइएको र देब बहादुर लामिछानेलाई साधारण सदस्य समेत नरहेको यसै वक्तव्य मार्फत सार्वजनिक गर्दछौं ।
सरोकारवाला निकायहरु, विभिन्न राजनीतिक, सामाजिक संघ संस्था, पत्रकार लगायत हाम्रो संगठनका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक एवं नेपाली दाजुभाई दिदी बहिनीहरुलाई वहाँहरुले फैलाएको भ्रममा नपर्न अनुरोध गर्दछौं ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal