कविता अमृत विस्वकर्मा पूरा नाम; मौन …… मलाई थाहा छ कि,मैले मेरो पूरा नाम भनी सक्दा नसक्दै तपाईको अनुहारको रङको चमक फेरिनेछ,बादल मडारिने छ,त्यसैले त मलाई ‘म’ भन्न डर लाग्छ!! मलाई ‘म’ सङ्ग लाज लागेर होइन, नकि घृणा नै लागेर, तर पनि मलाई ‘म’ भन्न डर लाग्छ, मलाई थाहा छ तपाईले म भित्रको ‘म’ लाई चिनेपछी गर्ने व्यबहार , त्यसैले त मलाई ‘म’ भन्न डर लाग्छ,
ए मेरो प्रिय साथी , नडराउन तिमी म तिम्रो घर आउने छैन, तिमी पिर नमान न , मलाई थाहा छ म तिम्रो घर आए भने तिम्रो कुल बिटुलो हुन्छ भनेर! य मेरो प्रिय साथी,पर नसर न ! म तिम्रो खाजा छोइदिन्न नि,!! यदि गल्तिले छोइ हालेछु भने आज हेरौ न त एकपटक यो ‘म’ ले छोएको खादा के सर्बनास हुने रहेछ,
यो ‘म’ लाई कसैको घरमा पस्न कुनै रहर छैन, यो ‘म’ ले छोएको नखाएको मा पनि कुनै दुख छैन,, छ त केवल मलाई ‘म’ भएकै कारण गर्ने व्यबहार बाट, अनि मलाई ‘म’ भएकै कारण गरिएको तिरस्कार बाट, त्यसैले त मलाई ‘म’ भन्न डर लाग्छ!!!
तर पनि मलाई ‘म’ हुनुमा दुख छैन न कि ‘म’ अरु किन भइन भनेर, म’ लाई चिनाउन शहर आएको ‘म’ ,परिचय खुलाउनै डर लाग्छ,!! मलाई ‘म’ भन्नै डर लाग्छ,!