शुक्रबार, अशोज ५, २०८० | Friday 22nd September 2023
प्रदेश सांसद पियारी थापाद्वारा भ्रामक समाचारको खण्डन
झिमरुक पोस्ट
आइतवार, बैशाख १९, २०७८
काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले आफ्नो चरित्रहत्या हुने गरी प्रकाशन गरिएको भ्रामक समाचारको खण्डन गर्नुभएको छ ।
एउटा अनलाइन सञ्चार माध्यमले गण्डकी प्रदेश सरकारका विरुद्ध आएको अविश्वास प्रस्तावको विरुद्धमा मतदान गर्ने सर्तमा उनका पति हेमराज पुनले दुई करोड रुपियाँको बार्गेनिङ गरेको समाचार प्रकाशित गरेपछि उहाँले २०७८ वैशाख १९ गते नै उक्त समाचारको खण्डन गर्नुभएको हो ।
दुई करोड रुपियाँका लागि सांसद पियारीका पतिले को कोसित बार्गेनिङ गर्नुभयो ? पत्रकारहरूलाई सुनाइएको रेकर्ड कहाँ छ ? त्यसबारे तथ्य प्रस्तुत गर्न चुनौती दिइएको उक्त खण्डनमा उक्त सञ्चार माध्यमका विरुद्ध प्रेस काउन्सिलमा उजुरी समेत दिइएको छ ।
यस्तो छ सांसद पियारी थापाको खण्डन “२०७८ वैशाख १९ गते आइतबार दिउसो १४ः१२ मा “दैनिकी डट कम” नामको अनलाइन पत्रिकाले “गण्डकीकी पियारीका प्यारो कथा” शीर्षकमा प्रकाशित गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो चरित्रहत्या हुने गरी प्रकाशित गरिएको उक्त आधारहीन तथा झुटा समाचारलाई म खारेज गर्दछु । गण्डकी प्रदेश सरकारको विरुद्ध आएको अविश्वासको प्रस्तावको पक्षमा पार्टीनिर्णयानुरूप म दृढतापूर्वक उभिएको हुनाले सरकारी पक्षको मिलेमतो र साँठगाँठमा मेरा विरुद्ध भ्रामक समाचार सम्प्रेषण गर्न खोजिएको छ । पत्रिकाले मेरो राजनीतिक चरित्रहत्या हुने गरी मेरो श्रीमानले सरकार बचाइदिने सर्तमा अर्थात् अविश्वास प्रस्तावको विरुद्धमा मतदान गर्नका निमित्त दुई करोडको बार्गेनिङ गरेको आरोप लगाएको छ । सोको रेकर्ड पनि पत्रकारहरूलाई सुनाइएको दावीसमेत गरिएको छ । मेरो श्रीमानले को कोसँग बार्गेनिङ गर्नुभयो ? ती नामहरू खुलासा गर्न तथा पत्रकाररूले सुनेको रेकर्ड सार्वजनिक गर्न म सम्बन्धित मिडियालाई चुनौती दिन चाहन्छु । अन्तमा, कथित श्रोतको हवाला मेरो चरित्रहत्या गर्ने कार्य अपराधिक मनोवृत्तिबाहेक केही होइन । ममाथि लगाइएका आधारहीन सबै आरोपको खण्डन गर्दै कुनै पनि प्रकारका भ्रममा नपर्न म सम्पूर्ण जनसमुदायसित अनुरोध गर्दछु । साथै आधारहीन तरिकाबाट ममाथि लगाइएको आरोपको विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिने छु भन्नेसमेत ब्यहोरा जानकारी गराउँछु ।”युगदर्सन बाट
एउटा अनलाइन सञ्चार माध्यमले गण्डकी प्रदेश सरकारका विरुद्ध आएको अविश्वास प्रस्तावको विरुद्धमा मतदान गर्ने सर्तमा उनका पति हेमराज पुनले दुई करोड रुपियाँको बार्गेनिङ गरेको समाचार प्रकाशित गरेपछि उहाँले २०७८ वैशाख १९ गते नै उक्त समाचारको खण्डन गर्नुभएको हो ।
दुई करोड रुपियाँका लागि सांसद पियारीका पतिले को कोसित बार्गेनिङ गर्नुभयो ? पत्रकारहरूलाई सुनाइएको रेकर्ड कहाँ छ ? त्यसबारे तथ्य प्रस्तुत गर्न चुनौती दिइएको उक्त खण्डनमा उक्त सञ्चार माध्यमका विरुद्ध प्रेस काउन्सिलमा उजुरी समेत दिइएको छ ।
यस्तो छ सांसद पियारी थापाको खण्डन
“२०७८ वैशाख १९ गते आइतबार दिउसो १४ः१२ मा “दैनिकी डट कम” नामको अनलाइन पत्रिकाले “गण्डकीकी पियारीका प्यारो कथा” शीर्षकमा प्रकाशित गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो चरित्रहत्या हुने गरी प्रकाशित गरिएको उक्त आधारहीन तथा झुटा समाचारलाई म खारेज गर्दछु ।
गण्डकी प्रदेश सरकारको विरुद्ध आएको अविश्वासको प्रस्तावको पक्षमा पार्टीनिर्णयानुरूप म दृढतापूर्वक उभिएको हुनाले सरकारी पक्षको मिलेमतो र साँठगाँठमा मेरा विरुद्ध भ्रामक समाचार सम्प्रेषण गर्न खोजिएको छ । पत्रिकाले मेरो राजनीतिक चरित्रहत्या हुने गरी मेरो श्रीमानले सरकार बचाइदिने सर्तमा अर्थात् अविश्वास प्रस्तावको विरुद्धमा मतदान गर्नका निमित्त दुई करोडको बार्गेनिङ गरेको आरोप लगाएको छ । सोको रेकर्ड पनि पत्रकारहरूलाई सुनाइएको दावीसमेत गरिएको छ ।
मेरो श्रीमानले को कोसँग बार्गेनिङ गर्नुभयो ? ती नामहरू खुलासा गर्न तथा पत्रकाररूले सुनेको रेकर्ड सार्वजनिक गर्न म सम्बन्धित मिडियालाई चुनौती दिन चाहन्छु ।
अन्तमा, कथित श्रोतको हवाला मेरो चरित्रहत्या गर्ने कार्य अपराधिक मनोवृत्तिबाहेक केही होइन । ममाथि लगाइएका आधारहीन सबै आरोपको खण्डन गर्दै कुनै पनि प्रकारका भ्रममा नपर्न म सम्पूर्ण जनसमुदायसित अनुरोध गर्दछु । साथै आधारहीन तरिकाबाट ममाथि लगाइएको आरोपको विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिने छु भन्नेसमेत ब्यहोरा जानकारी गराउँछु ।”युगदर्सन बाट