मङ्लबार, बैशाख ११, २०८१

कबिता/ गजल शिर्षक :-” सुरुङ खन्ने मुसा ” रबि पाैडेल ,पाण्डेचरि

उ त्यो पारि जंगलमा एउटा मुसा छ सेताे खैरे लामा जुँगा भएको तिखा नङग्रा, केही समय भयो म लगातार देखिरहेको छु निकै उद्डण्ड मच्चाईरहेकाे छ लुकि लुकि रुखकाे फेदि भित्र ! शुरुङ खनिरहेकाे छ जब म त्यहाँ पुग्छु उ फुत्त भित्र पस्छ जब म हिड्छु अनि फेरि माटो खन्न शुरु गर्छ एउटा मुसा ! तिखा नङग्रा! लुकेर !

उसको नियत घर बनाउने हाेला गुड बनाई बच्चा बच्चि राख्न उसले शुरुङ खनेको छ हाेला ? तर, म देखि रहेको छु अझै उसले उद्डण्ड मच्चाउने हाे भने त्यो रुख ढल्ने छ रुख ढल्नु मा मलाई पछुतो थिएन रुख का दाउरा हुन्थे ,घाँस हुन्थ्यो ! मलाई चिन्ता याे छ कि जब रुख ढल्ने छ त्यतिखेर त्यो मुसा उसको घर उसका बालबच्चा हरु चेपिने छन

र ,सबै काे अन्त्य हुने छ उदेश्य राम्रो भए पनि परिणाम ,दुरगामि र क्षतिग्रस्त हुने छ । त्यसकारण , यस्तो परिस्थिति अाउन नदिन
त्यो डाडामा ,त्यो जंगल काे मुसा भगाउनु पर्छ दारा ,नङग्राहरु भाँचिदिनु पर्छ त्यहाँ बाट भगाउनु पर्छ धेरै टाडा बस्ति नभएको मरुभूमि मा पुर्याउनु पर्छ

त्यसपछि , रुख ढल्न बाट पहिरो जान बाट बालबच्चा हरुकाे मृत्यु बाट बालिनालि घाँस पुरिनु बाट बिनास हुनु बाट जाेगाउन सकिन्छ । एउटा मुसा ! तिखा नङग्रा ! लुकेर ! मिति २४-०४-२०२१

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?