इन्दिरा बुढा कुंवर( गजल कविता )
बिश्व भरी च्याप्दै आउँदा, प्राण घातक रोगले।
दिन रात बित्छ यहाँ, परदेशिको शोकले।
साग सिस्नो खोले खान्छौ बरु, गाउँमा रहेका ले ।
छाकै पिच्छे किनि खाने कठै के खान्छन मजदुरले ।
प्राकृतिक यो बिपत्तिमा सरकार कता छ खोज्दा भेटिदैन
बिरामी हुँदा अस्पतालको ढोका पनि खोल्दैनन ।
माल्थसको जन संख्या सिद्धान्त पढ्दा खेरी।
हो कि होइन लाग्थ्यो कठै साचो रहेछ भोग्दा फेरि।
कहिले भुकम्प त कहिले आधिहुरी
कहिले टोनार्डो त ,अहिले कोरोना फेरि।
जस्तो सुकै परिवेशमा पनि
सम्झना त उनकै फेरि।
हामी त यहाँ, ठिकै छ। प्रदेसिलाइ कस्तो छ?
अपर्झट परे पनि भेट नहोला जस्तो छ।
राजनीतिक लडाइँ भन्दा ,अझ कडा लकडाउन!
कर्फ्यु आदेश सरह सकिँदैन आउन।
बुवा आमा दाजु हरु,दिदी हरु र बहिनी
जहाँ जहाँ रहेपनी याद सधै आइरहनी।
जे जे भाइरस आए पनि फुर्सद छैन जाँच्नलाइ
धन पछि कमाउला प्राथमिकता देउ बाच्नलाई।
यस्तै यस्तै वास्तविकतामा हर समय तड्पिएर।
हजारौं समस्या र चुनौती मा लर्बरिएर।
दिन ब्यतित भैरहेछ परदेशि लाई सम्झिएर।
जहाँ जहाँ छौँ हामी बाचौ र अरुलाइ
बचाऔं आफू आफै सुरक्षित भएर।
इन्दिरा बुढा कुंवर
ढोरपाटन न.पा.२ सलामकोट बाग्लुङ्ग।