मङ्लबार, अशोज २२, २०८१

घरमै आइसोलेसनमा बस्दा सास फेर्न गाह्रो भयो भने के गर्ने ? हेर्नुहोस् यी ९ उपाय

नेपालमा अहिले कोरोनोको दोस्रो लहरको चलिरहेको छ । दिनहुँ संक्रमितको संख्या बढेको छ ।पहिलो लहरको महामारीमा भन्दा अहिले कोरोना ७० प्रतिशत बढी संक्रामक भएको चिकित्सकहरुले बताएका छन् ।

कोरोना संक्रमितलाई अक्सिजन कमि हुनु निकै ठुलो समस्या हो । कोरोना भाइरसको नयाँ भेरियन्टले स्वाँसप्रस्वास निकै समस्या आइरहेको बताइएको छ।

कोरोना संक्रमित हुनेहरुको अक्सिजन लेभल घटेर ज्यानसमेत गइरहेको छ। स्वाँसप्रस्वासमा समस्या आइहाले तत्काल के गर्न सकिन्छ ? विज्ञहरुले सुझाएका उपायबारे चर्चा गरेका छाैँ ।– विज्ञका अनुसार स्वाँस प्रस्वासमा समस्या आए ग्याँस सिलिन्डर, ग्यास स्टोभ, मैनबत्ति, ग्यास हिटरभन्दा कम्तिमा ६ फिट टाढै बसौं ।

– पेन्ट थिनर, एरयोसोल, क्लिनिङ फ्लुजस्ता फ्लेमेबल प्रोडक्टहरु प्रयोग नगरौं। त्यस्तै पेट्रोलियम, आयल, ग्रीस बेस्ड क्रिम वा भ्यासलिनजस्ता क्रिमहरुको पनि प्रयोग नगरौं।-धुम्रपान नगरौं। धुम्रपान गर्नेहरुबाट पनि टाढौं बसौं। त्यस्तै घरमा प्रयोग हुने विभिन्न केमिकल वा अगरबत्तिको धुँवाबाट पनि टाढै बसौं।

– यदि तपाइँले अक्सिजन कन्सनटेटर्सको प्रयोग गर्नुहुन्छ भने घरका झ्याल ढोका खुलौं राखौं। यसले आसपासका हावाबाट अक्सिजन बनाउने हुँदा बसेको ठाउँमा ताजा हावा आउन जरुरी हुन्छ।

– रुख विरुवाहरु मानिसभन्दा ठीक विपरीत हुन्छ। तिनीहरुले कार्बल अक्साइड लिएर अक्सिजन फाल्ने गर्छ। त्यही भएर तपाइँ होम क्वारेन्टीनमा हुनुहुन्छ भने कोठामा ग्रिन प्लान्टहरु राख्नुहोस्।

– यस्तो बेला शरीरलाई डहाइड्रेड हुन नदिनुस्। पर्याप्त पानी खानुहोस्। पानीको वैज्ञानि सुत्र एच टु ओ हो, ओ को मतलब अक्सिजन हो। यसले शरीरमा अक्सिजनको मात्रा बढाउने काम गर्छ।

– दैनिकरुपमा मेडिटेशन गर्नुहोस्। केही समयसम्म लामो साँस लिने र फाल्ने गर्नुहोस्। यस्तो अभ्यासले शरीरलाई राम्रो गर्छ।

– अक्सिजनयुक्त खाद्य पदार्थहरु खानुहोस्। हरियो सागपात, फलफूल, ब्रोकाउली, अजवाइनजस्ता चिजहरु खानुहोस्।

– खानामा सोडियम डाइटको सेवन गर्नुस्। यसले किड्नी र रगतमा जाने अक्सिजनको मात्रा बढाउने काम गर्छ।धेरै नै समस्या भएको खण्डमा तुरून्त डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ।

कोरोना भाइरस सङ्क्रमण: कोभिड उपचारमा ‘गन्ध प्रशिक्षण’ को सुझाव

कोरोनाभाइरस सङ्क्रमण भएर घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता गुमाएका मानिसहरूलाई स्टेरोइड औषधि प्रयोग गर्नुको साटो ‘गन्ध प्रशिक्षण’ गर्न अनुसन्धानकर्ताहरूले सुझाव दिएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

गन्ध प्रशिक्षण प्रक्रियाअन्तर्गत महिनौँ लगाएर विभिन्न गन्धहरू सुँघ्न तथा मस्तिष्कलाई विभिन्न गन्ध थाहा पाउन एक किसिमले प्रशिक्षण दिइन्छ। अन्तर्राष्ट्रिय विज्ञहरूको एक समूहले यस्तो प्रशिक्षण सहज र सस्तो हुने बताए।

स्टेरोइड वर्गको औषधिको प्रयोगमा जस्तो यसको कुनै अन्य खराब प्रभाव पनि हुँदैन। ज्वरो तथा खोकीसहित गन्ध हराउनु पनि कोरोनाभाइरस सङ्क्रमणको एक मुख्य लक्षण हो।

अधिकांश मानिसहरूमा कोभिड निको भएपछि चाँडै नै घ्राणशक्ति पनि फर्किन्छ। तर पाँच जनामध्ये झन्डै एक जनामा भने दुई महिना बितिसक्दा पनि गन्ध पूर्ण नफर्किएका विवरण आएका छन्।

यो समस्याको उपचारका निम्ति चिकित्सकहरूले कोर्टिकोस्टेरोइड औषधि सिफारिस गर्ने गरेका छन्। यसले शरीरमा सुजन कम गराउँछ। दमको उपचारमा पनि यसको प्रयोग हुँदै आएको छ।

तर यूनिभर्सिटी अफ इस्ट एङ्ग्लिया नरिच मेडिकल स्कूलका प्राध्यापक कार्ल फिल्पोट भन्छन्ः उपलब्ध प्रमाणहरू केलाउँदा कोर्टिकोस्टेरोइडको प्रभावकारिता खासै देखिँदैन।

“साथै तिन औषधिका प्रमाणित अन्य खराब प्रभाव पनि छन्। त्यसैले हाम्रो सुझाव यसको सिफारिस हुनुहुँदैन भन्ने नै छ,” उनले भने। “राम्रो कुरा के हो भने कोभिडका कारण गन्ध गुमाएका अधिकांश मानिसहरूले फेरि स्वतः घ्राणशक्ति प्राप्त गर्छन्।”

स्टेरोइड वर्गको औषधिको दुष्प्रभावमा उच्च रक्तचाप तथा ‘मूड स्विङ’ भनिने मानसिक अवस्था र व्यवहारमा आउने छिटोछिटो परिवर्तन पनि पर्छ।

त्यसैले प्रतिष्ठित जर्नल इन्टरन्याश्नल फोरम अफ एलर्जी एन्ड राइनोलजीमा विज्ञहरूले ‍औषधि प्रयोगको साटो ‘गन्ध प्रशिक्षण’को सुझाव दिएका छन्।

यसमा मानिसहरूलाई विशिष्ट गन्ध भएका र सजिलै पहिचान गर्न सकिने चार प्रकारको गन्ध सुँघिरहन सुझाव दिइएको छ – उदाहरणका निम्ति सुन्तला, पुदिना, लसुन र कफी। कैयौँ महिनासम्म प्रत्येक दिन दुई पटक यी चिज सुँघ्न उनीहरूले सुझाएका छन्।

प्राध्यापक फिल्पोटका अनुसार उनको अनुसन्धानमा यसो गर्दा ९० प्रतिशत मानिसहरूको घ्राणशक्ति छ महिनाभित्र फर्किएको पाइयो। तर यदि घ्राणशक्ति फर्किएन भने पनि यस्तो गन्ध प्रशिक्षणले मानिसको मस्तिष्कलाई भिन्नभिन्न गन्ध छुट्ट्याउन पुनर्प्रशिक्षित गर्न सक्छ।

“यो उपचार न्युरोप्लास्टिसिटीमा आधारित छ – जसमा मस्तिष्कले कुनै परिवर्तन वा क्षतिबाट पार पाउन आफूलाई पुनर्संगठित गर्ने गर्दछ,” उनले भने।

रुघाले कसरी मानव शरीरका कोषबाट कोभिड गराउने विषाणुलाई गलहत्याइदिन्छ

रुघा लगाउने भाइरसले मानिसको शरीरका कोषहरूबाट कोरोनाभाइरसलाई गलहत्याइदिन सक्ने तथ्य अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। मानवकोषमा आफूले सङ्क्रमण गर्ने प्रयासमा केही भाइरसहरूबीच प्रतिस्पर्धा हुने गर्छ।

यूनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरूका अनुसार रुघा लगाउने राइनोभाइरसले कोरोनाभाइरसलाई पराजित गरेको पाइएको छ। त्यसको लाभ छोटो समयका लागि मात्र हुन सक्छ। तर राइनोभाइरस धेरै फैलिएको हुनाले त्यसले कोभिडलाई दमन गर्न सहयोग गर्न सक्छ।

तपाईँ आफ्ना नाक, घाँटी र फोक्सोका कोषहरूलाई लहरै बसेका घर भन्ठानूस्। एउटा भाइरस एकचोटि भित्र छिरेपछि त्यसले अरू भाइरसलाई भित्र प्रवेश गर्न दिन या त ढोका खोलिदिन्छ या ढोका बन्द गरेर त्यहाँ आफू मात्र बस्न खोज्छ।

रुघाको कारक इन्फ्लूएन्जा भाइरस एकदमै स्वार्थी हुन्छ र त्यसले प्रायः एक्लै सङ्क्रमण गर्छ। एडिनोभाइरसजस्ता अरू भाइरसहरू अरूसँग मिलेर सङ्क्रमण गर्छन्।

कोभिड गराउने सार्स-कोभ-२ (Sars-CoV-2) नाम दिइएको कोरोनाभाइरसले अन्य भाइरससँग कसरी अन्तर्क्रिया गर्छ भन्नेबारे धेरै अनुमान गरिएको छ।

तर एक वर्ष भौतिक दूरीका नियमहरू लागु गरिएकाले सबै किसिमका भाइरस फैलिने क्रममा सुस्तता आएको छ। त्यसका कारण भाइरसको अन्तर्क्रियाबारे अध्ययन गर्न वैज्ञानिकहरूलाई अझ गाह्रो भएको छ।

ग्लास्गोस्थित सेन्टर फोर भाइरस रिसर्चको अनुसन्धान टोलीले मानिसको श्वासनलीको प्रतिकृति प्रयोग गरेर एउटा अध्ययन गर्‍यो। त्यसका लागि उस्तै खालका मानवकोषहरू प्रयोग गरिएको थियो। ती कोषलाई सार्स-कोभ-२ भाइरस र राइनोभाइरसबाट सङ्क्रमित पारियो।

एकैचोटि राइनोभाइरस र सार्स-कोभ-२ को संसर्ग गराइँदा कोषमा केवल रुघा लगाउने राइनोभाइरसले सङ्क्रमण गर्न सक्यो। चौबीस घण्टाअगाडि नै राइनोभाइरस प्रवेश गरेको कोषमा कोरोनाभाइरसले प्रभाव पार्ने अवसर नै पाएन।

अनि यदि कोरोनाभाइरस २४ घण्टाअगाडि नै संसर्गमा आएको छ भने पनि राइनोभाइरसले त्यसलाई कोषबाट निकालिदिन्छ। “सार्स-कोभ-२ फैलिन सक्दैन, राइनोभाइरसले यसलाई रोकिदिन्छ,” डा. पाब्लो मर्सियाले बीबीसी न्यूजलाई बताए।

“यो एकदमै उत्साहप्रद छ किनभने राइनोभाइरसको आधिक्य छ भने त्यसले सार्स-कोभ-२ को सङ्क्रमण रोक्न सक्छ,” उनले भने। पहिला पनि यस्ता प्रभावहरू देखिएका थिए। सन् २००९ मा राइनोभाइरस फैलिन थालेपछि युरोपका केही भागमा स्वाइन फ्लू महामारीको गति सुस्त भएको थियो।

थप प्रयोग र परीक्षण गर्दा राइनोभाइरसबाट सङ्क्रमित कोषमा रोग प्रतिरोध गर्ने क्षमता बढेको र त्यसले कोरोनाभाइरसको सङ्ख्या वृद्धि गर्ने क्षमता अवरुद्ध भएको देखिएको छ।

वैज्ञानिकहरूले त्यस्तो प्रतिरोधात्मक प्रतिकार्यलाई रोकेर हेर्दा कोभिड गराउने भाइरसको तह राइनोभाइरस नभएको अवस्थामा जस्तै बढेको पाए। तर रुघा निको भइसकेपछि तथा राइनोभाइरसको प्रतिरोधात्मक प्रतिकार्य निस्तेज भइसकेपछि कोभिड हुने सम्भावना कायम रहन्छ।

“खोप, सरसफाइका उपाय अनि भाइरसहरूबीच हुने अन्तर्क्रियाले सार्स-कोभ-२ ठूलो मात्रामा घटाउन सक्छ। तर खोपबाट नै अधिकतम प्रभाव पर्छ,” डा. मर्सियाले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?